2026-07-02 09:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली काँग्रेस लमजुङबाट ५१ जनाको दाबी

2017-10-04

असोज १८, लमजुङ । आगामी मंसिर १० र २१ गते हुने केन्द्र तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको रुपमा नेपाली काँग्रेस लमजुङले ५१ जनाको नाम सिफारिस गरेको छ । 

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिको बैठकमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दाबी गर्ने ५१ जनाको नाम केन्द्रमा सिफारिस भएको हो । 

क्षेत्रीय समितिमा दर्ता भएका आकांक्षीको नाम मंगलबार जिल्ला कार्य समितिमा पठाइएको थियो । जिल्ला कार्यसमितिको बैठकले मंगलबार नै बैठक बसी सबै नाम केन्द्रीय समितिमा पठाएको जिल्ला सभापति भेषबहादुर पौडेलले बताउनुभयो ।

नेपाली काँग्रेस, लमजुङका अनुसार केन्द्रीय निर्वाचनका लागि प्रत्यक्षतर्फ छ जनाले दाबी गरेका छन् भने समानुपातिकतर्फ नौ जनाले दाबी गरेका छन् । यसैगरी, प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फबाट २१ जना र समानुपातिकतर्फ १६ जनाले दाबी गरेका थिए । 

क्षेत्रीय समितिले सिफारिस गरेको एउटा नाम भने जिल्ला कार्यसमितिले हटाएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेलको नाम जिल्ला कार्यसमितिले हटाएको हो । 

तनहुँको ब्यास नगरपालिका (साविक रिस्ती गाविस) का पौडेलले लमजुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दाबी गर्नुभएको थियो । जिल्लामा कहिल्यै नदेखिएका व्यक्ति उम्मेदवारको आकाँक्षी भएको भन्दै जिल्ला कार्य समितिले सर्वसम्मतरुपमा नाम हटाएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक