2026-10-03 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

काठमाडौँ | खानेपानी मन्त्रालयले खानेपानी, सरसफाइको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि विभिन्न साझेदारसँग छलफल आयोजना गरेको छ ।

खानेपानी मन्त्रालयअन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले वेल्ट हङ्गर हिल्फे (डब्लु एचएच) को सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा पहिलो पटक छलफल आयोजना गरेको हो । छलफलमा संयुक्त राष्ट्रसङ्घीय निकाय, विकास साझेदार, शैक्षिक तथा प्राज्ञिक संस्था, विभिन्न नागरिक सङ्गठन, सञ्जालहरु तथा खानेपानी तथा सरसफाइ विज्ञहरुको सहभागिता थियो ।

डब्लु एचएचका वास विज्ञ बिजु डङ्गोलले स्वागत मन्तव्य व्यक्त गर्दै तराई मधेसमा भूमिगत पानीको सतहको अवस्था र पहाडी क्षेत्रमा पनि मूलको पानीको अवस्थाबारे अध्ययन भइरहेको जानकारी गराउनुभयो ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको विस्तारित कार्यक्षेत्र अनुसार प्रमाणमा आधारित र कार्यान्वयनमुखी अनुसन्धान तथा नवप्रवर्तनका लागि उपलब्ध स्रोतहरूको सदुपयोग गर्न र अनुसन्धान क्षमता वृद्धि गर्न विकास साझेदारहरूसँग सहकार्य गर्ने उद्देश्यले छलफल आयोजना गरिएको केन्द्रका कार्यकारी निर्देशक ई रामकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रको विस्तारित कार्यक्षेत्र अनुरुप विकास साझेदारहरूसँग छलफल गरी उपलब्ध अनुसन्धानका क्षेत्रहरु र वित्तीय अवसरहरू पहिचान गर्न र सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्न छलफल आयोजना गरिएको हो ।”

काठमाडौँ विश्वविद्यालयलगायत शैक्षिक संस्थाका प्रतिनिधिहरुले अहिले पनि खानेपानी तथा सरसफाइका विविध बिषयमा अनुसन्धानात्मक कामहरु भइरहेको र अझ विकास साझेदारहरुसँग सहकार्य गर्न पाएमा अनुसन्धानलाई वृहत बनाउन सकिने बताउनु भएको थियो ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई श्रेष्ठले अध्ययन अनुसन्धानका सम्भावित सहकार्यका बिषयमा गरिएको पहिलो छलफल अति नै उपलब्धीमूलक भएको बताउनुभयो ।

उहाँले छलफलमा उठेका बिषयहरुलाई एउटा दस्तावेज तयार गरी सबैसँग आदानप्रदान गर्ने र त्यपछि दोस्रो चरणमा कार्ययोजना नै निर्माण गर्ने गरी छलफल कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले, “अनुसन्धान केन्द्रमा पनि अनुसन्धानका लागि भनेर बजेट विनियोजन त गरिएको हुन्छ, तर अति न्यून बजेट राखिएको हुन्छ, सरकार र विकास साझेदारबीचको सहकार्यले अनुसन्धानलाई मूर्त रुप दिन सघाउ पुग्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने