2026-10-03 10:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीका लागि विशेष महाधिवेशन अब निर्विकल्प : गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका लागि विशेष महाधिवेशन अब निर्विकल्प भएको बताएका छन् । केन्द्रीय समितिको बैठक सकिए लगत्तै पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन निर्विकल्प भएको बताए ।

नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिका सहित प्रस्ताव पेश गरेको तर नेताहरूले सकिन्न भनेको हुँदा अब विशेष महाधिवेशन निर्विकल्प भएको बताए । महामन्त्री थापाले भने, ‘आज हामीले चुनावमा जाने निर्णय गरेका छौ । चुनावमा जाने उत्तम विकल्प के हो भने जुन दिन विशेष महाधिवेशन गर्न उपयुक्त हुन्छ । त्यो दिन कांग्रेसको विशेष महाधिवेशन गर्नुपर्दछ ।’

महामन्त्री थापाले यस अघि केन्द्रीय समितिमा बोल्ने क्रममा नियमित महाधिवेशनका लागि नेताहरु तयार नहुने हो भने मंसिरको २७ मा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

‘पुस मसान्तभित्रमा आवधिक निर्वाचन पनि गर्दिन र आवधिक नगरेपछि विशेष महाधिवेशन पनि गर्दिन भन्न त पाइँदै पाइँदैन,’ महामन्त्री थापाले भने । विशेष महाधिवेशन गर्दिन भन्ने अधिकार केन्द्रीय समितिलाई नहुने महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने