2026-10-03 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेलाई निःशुल्क उपचार

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ । जसअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका जो कोही व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने प्रक्रिया कामपाले अघि बढाइसकेको जनाएको छ ।
यसरी उपचार गर्नका लागि कामपाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग चालु आर्थिक वर्षका लागि सम्झौता गरिसकेको कामपाकी उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । उहाँले पारिवारिक समस्याका कारण आफ्नो कोही नभएर उपचारमा जान नसक्नेहरू पनि महानगरपालिका छन् भन्ने महसुस हुन थाल्नु सुखद नतिजाको प्रारम्भ भएको बताउनुभयो ।
कामपाको प्रमुख प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आवश्यक पर्नेले सजिलै सेवा प्राप्त गर्ने र सम्भावित दुरुपयोग रोक्ने प्रणालीबाट सेवा प्रवाह गर्न अस्पताललाई आग्रह गर्नुभयो ।
अस्पतालका अध्यक्ष डा मनोजमान श्रेष्ठले भन्नुभयो, “स्वास्थ्योपचारमा महत्व नदिने पाका व्यक्तिहरू उपचारका लागि आउन थाल्नु, समुदायका मानिस उपचारका बारेमा सोधखोज गर्न थाल्नु, कामपाको सहयोग प्राप्त भएको नतिजा हो ।”
सम्झौताबमोजिम कामपाका जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ । त्यस्तै लैङ्गिक हिंसामा परेका व्यक्ति, बेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नुपर्ने कर्मचारीका लागि सामाजिक विकास विभागको सिफारिस आवश्यक पर्नेेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहार्नेछ ।
उपचारका लागि महानगरपालिकाले चालु आवमा रु एक करोड ५० लाख विनियोजन गरेको छ । यसमा अस्पतालले ३० प्रतिशत थप गरेर रु एक करोड ८० लाख बराबरको उपचार सेवा उपलब्ध गराउने कामपाले जानकारी दिएको छ । सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरुलाई परिचयपत्र, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता अनिवार्य आवश्यक कामपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने