2026-10-03 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा सञ्चारमन्त्री खरेलको जोड

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज ललितपुर महानगरपालिका–६ कनिबहाल पुगेर वडा कार्यालयको अवलोकनपश्चात् ओकुबहालमा रहेको रुद्रवर्ण महाविहार र अरनिकोको जन्मस्थलको अवलोकन गर्दै मन्त्री खरेलले सम्पदा भएको क्षेत्रको प्रचारप्रसार गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा यसको महत्वका बारेमा उजागर गर्दै पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

“चीनसम्म पुगेर मूर्तिकलाको प्रचारप्रसारमा राष्ट्रिय विभूति अरनिकोले पु¥याउनु भएको योगदान अतुलनीय छ हामी संस्कृति र सम्पदामा धनी छौँ, हाम्रो पुर्खाको जति सुझबुझले महत्वपूर्ण सम्पदाहरु बनेका छन्, सम्पदा नहुने हो भने नेपाल त कङ्क्रिटको जङ्गल हुने थियो,” उहाँले भन्नुभयो ।

मन्त्री खरेलले १३औँ शताब्दीको कलाकौशल भएको रुद्रवर्ण महाविहार, महाबुद्ध, विद्याधरी देवी मन्दिरसहित सम्पदास्थलको अवलोकन गर्नुभयो ।

ललितपुर महानगरपालिका–६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले सङ्घीय सरकारबाट वडाका लागि बजेट ल्याउन कठिनाइ रहेको बताउँदै सङ्घीय सरकारले दिने बजेटमा काम गर्न पनि समस्या रहेको गुनासो गर्नुभयो । उहाँले सञ्चारमन्त्री खरेलसँगसम्पदा संरक्षणका लागि बजेट उपलब्ध गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने