2026-09-19 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

एमाले ओखलढुंगाले उम्मेदवारको नाम पठायो (नामावलीसहित)

असोज २१, खोटाङ । नेकपा (एमाले) जिल्ला कमिटी ओखलढुंगाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिश गरेको छ । 

प्रदेशसभा निर्वाचन समन्वय कमिटीको सिफारिशमा जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिश गरेको हो । 

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा आर्थिक विभाग प्रमुख अम्बिरबाबु गुरुङ, सचिवालय सदस्य मेखबहादुर खड्का, जिल्ला सचिव शंकरबहादुर कटवाल र सांसद हर्कबोल राईको नाम सिफारिश गरिएको छ । 

समानुपातिकतर्फ उत्तम राई, सांसद शकुन्तला राजभण्डारी, बलबहादुर परियार, मानबहादुर विश्वकर्मा, मेखबहादुर गुरुङ, उर्मिला खतिवडा र सञ्जु श्रेष्ठको नाम सिफारिशमा परेको छ । 

निर्वाचन क्षेत्र नं २ प्रत्यक्षतर्फ अनेरास्ववियुका विदेश विभाग सदस्य अनिता गिरी, टंकलाल गिरी, नानीबाबु बुढाथोकी, तीर्थ सुवेदी र नेत्रप्रसाद भट्टराईको नाम सिफारिश भएका छन् । समानुपातिकतर्फ नरबहादुर कटवाल, रामकुमार अछामी, अम्मता राई, नरेन्द्रकुमार श्रेष्ठ, गणेश कार्की, देवकुमार खड्का र पञ्चबहादुर तामाङको नाम सिफारिश गरिएको प्रचार विभाग प्रमुख तीर्थ सुवेदीले बताउनुभयो । 

प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुुनुवारको एकल नाम सर्वसम्मत बनाउने प्रयास भए पनि वैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारीको दाबी पछि दुवै नाम सिफारिश गरिएको जनाइएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ चम्पा राई, सीताराम गुरुङ, ओम दयाल र युवा संघका नेता फणीन्द्र लुइँटेलको नाम सिफारिश गरिएको छ । 

पार्टीको परिपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा अधिकतम तीन/तीन जनाको नाम पठाउन भनिए पनि आकाँक्षी धेरै भएका र गुटबन्दीका कारण जिल्ला कमिटीले धेरैको नाम पठाएको हो । धेरैले राजनीतिक ‘प्रोफाइल’का लागि नाम राख्न दबाब दिए पनि निर्वाचन क्षेत्र नं १ मा अम्बिरबाबु गुरुङ, शंकर कटवाल र हर्कबोल राई सशक्त दाबेदार मानिन्छन् । 

त्यस्तै क्षेत्र नं २ मा पार्टी उपाध्यक्ष नेत्रप्रसाद भट्टराई, नानीबाबु बुढाथोकी र तीर्थ सुवेदी मुख्य दाबेदारका रुपमा देखिएका छन् । कार्यकर्ताले भने राजनीतिमा लामो समय योगदान गर्नुभएका भट्टराईलाई नै उम्मेदवार बनाउन माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई