2026-10-02 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह

काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ ।

रौतहटको चन्द्रपुर– ८ मर्धरमा आज ‘जन्मदिनलाई सतर्कममा जोडौँ’ अभियान अन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने हँुदा आउँदो निर्वाचनमा सही व्यक्तिलाई निर्वाचित गरेर पठाउनुपर्ने बताउनुभयो । देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा फागुन २१ गते हुने निर्वाचनमा देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्नसमेत उहाँले आग्रह गर्नुभयो ।

जनताका आशा र अपेक्षा धेरै भएको बताउँदै मन्त्री घिसिङले भन्नुभयो, “तीन महिनाभित्र सक्ने किसिमको काम हामी गरेर देखाउछौँ, तर तीन महिनापछि पनि धेरै काम गर्नुपर्ने हुँदा सही नेतृत्व छान्ने काम जनताको हो ।”

काम गर्न नसक्ने निर्माण व्यवसायीलाई धमाधम कारबाही गरिरहेको उल्लेख गर्दै मन्त्री घिसिङले रौतहटमा पनि काम गर्न नसक्नेलाई कारबाही गरेर विकासका काम अगाडि बढाउने बताउनुभयो । आफू बिद्युत् प्राधिकरणको कार्यकारी अधिकृत हँुदा विद्युत्को क्षेत्रमा आमूल परिर्वतन आएको भए पनि अब देशको सबै क्षेत्रमा आमूल परिर्वतनको खाँचो रहेको मन्त्री घिसिङको धारणा थियो ।

देशका अधिकांश समस्या समाधान गर्न सही नेतृत्व आवश्यक भएकाले त्यसतर्फ आम नागरिकले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । किसानको माग अनुसार अहिले सिँचाइ मन्त्रालय अन्तर्गत करिब रु १७÷१८ अर्ब बराबरको डिप बोरिङ परियोजना चलिरहेको मन्त्री घिसिङले जानकारी दिनुभयो ।

‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ अभियानका अभियन्ता तथा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय सचिव गोविन्द चौलागार्इंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललगायतको सहभागिता रहेको थियो ।

मन्त्री घिसिङले आजै रौतहटको चन्द्रपुर– ३ स्थित चाँदी नदीको पुल, दुर्गाभगवती गाउँपालिका–४ को बागमती नदीमा रहेको बडहर्वा पुल, गौर इशनाथ नगरपालिका जोड्ने बकैया नदीको टिकुलियाघाटको पुललगायतको अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने