2026-10-24 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह

काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ ।

रौतहटको चन्द्रपुर– ८ मर्धरमा आज ‘जन्मदिनलाई सतर्कममा जोडौँ’ अभियान अन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने हँुदा आउँदो निर्वाचनमा सही व्यक्तिलाई निर्वाचित गरेर पठाउनुपर्ने बताउनुभयो । देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा फागुन २१ गते हुने निर्वाचनमा देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्नसमेत उहाँले आग्रह गर्नुभयो ।

जनताका आशा र अपेक्षा धेरै भएको बताउँदै मन्त्री घिसिङले भन्नुभयो, “तीन महिनाभित्र सक्ने किसिमको काम हामी गरेर देखाउछौँ, तर तीन महिनापछि पनि धेरै काम गर्नुपर्ने हुँदा सही नेतृत्व छान्ने काम जनताको हो ।”

काम गर्न नसक्ने निर्माण व्यवसायीलाई धमाधम कारबाही गरिरहेको उल्लेख गर्दै मन्त्री घिसिङले रौतहटमा पनि काम गर्न नसक्नेलाई कारबाही गरेर विकासका काम अगाडि बढाउने बताउनुभयो । आफू बिद्युत् प्राधिकरणको कार्यकारी अधिकृत हँुदा विद्युत्को क्षेत्रमा आमूल परिर्वतन आएको भए पनि अब देशको सबै क्षेत्रमा आमूल परिर्वतनको खाँचो रहेको मन्त्री घिसिङको धारणा थियो ।

देशका अधिकांश समस्या समाधान गर्न सही नेतृत्व आवश्यक भएकाले त्यसतर्फ आम नागरिकले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । किसानको माग अनुसार अहिले सिँचाइ मन्त्रालय अन्तर्गत करिब रु १७÷१८ अर्ब बराबरको डिप बोरिङ परियोजना चलिरहेको मन्त्री घिसिङले जानकारी दिनुभयो ।

‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ अभियानका अभियन्ता तथा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय सचिव गोविन्द चौलागार्इंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललगायतको सहभागिता रहेको थियो ।

मन्त्री घिसिङले आजै रौतहटको चन्द्रपुर– ३ स्थित चाँदी नदीको पुल, दुर्गाभगवती गाउँपालिका–४ को बागमती नदीमा रहेको बडहर्वा पुल, गौर इशनाथ नगरपालिका जोड्ने बकैया नदीको टिकुलियाघाटको पुललगायतको अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने