२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की

२ पुष २०८२, बुधबार १८:०५

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीले जलवायु परिवर्तन र विश्वव्यापी तनावजस्ता नयाँ चुनौतीलाई सामना गर्न संयुक्त राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा राष्ट्रसङ्घले नेपालमा शान्ति, विकास र मानव अधिकार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले विश्व शान्ति कायम गर्न र नेपाली जनताको जीवनस्तर उकास्न संयुक्त राष्ट्रसङ्घले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घको सशक्त र विश्वसनीय साझेदारका रूपमा निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।

सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेदेखि नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त पालना गर्दै आएको प्रधानमन्त्री कार्कीले स्मरण गराउनुभयो । संयुक्त राष्ट्रसङ्घको शान्ति सहयोग अभियानमा सबैभन्दा धेरै सैनिक योगदान गर्ने देश नेपाल भएको बताउँदै उहाँले शान्तिपूर्ण विश्वप्रति नेपाल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन समयमै र सफलतापूर्वक सम्पन्न गरिने विश्वास दिलाउनुभयो । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा अवस्था उल्लेखनीय रूपमा सुधार भएको उहाँले जानकारी दिनुभयो ।

साथै उहाँले सन् २०२६ सम्ममा नेपाल ‘अति कम विकसित मुलुक’ को सूचीबाट स्तरोन्नति हुने विश्वास व्यक्त गर्दै यस उपलब्धिलाई दिगो बनाउन संयुक्त राष्ट्रसङ्घको निरन्तर साझेदारी, लगानी र प्रविधिगत सहयोग आवश्यक हुन्छ भन्नुभयो ।

परस्पर निर्भर विश्वमा बहुपक्षीय सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यलाई नेपालले अझ सुदृढ बनाउँदै अघि बढ्ने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने