2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङ काँग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस, को को परे ?

असोज २२, विराटनगर । नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले क्षेत्र नं– १ बाट पार्टी सभापति डिगबहादुर लिम्बू र क्षेत्र नं ५ बाट अमृत अर्यालको नाममा सर्वसम्मत निर्णय गरेको छ । दुवै जना सांसद हुन् ।

जिल्लाका छवटै क्षेत्रबाट संसदीय क्षेत्र, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि आएका नामलाई बैठकले अनुमोदन गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी गराएका छन् ।

सोहीअनुरुप, क्षेत्र नं १ बाट प्रत्यक्षका लागि एकमात्र डिगबहादुर लिम्बू छन् भने सो क्षेत्रबाट समानुपातिक र दुई वटा प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि २० जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ बाट सुजाता कोइराला, डा मीनेन्द्र रिजाल र काशिरामलाई सिफारिस गरिएको छ ।

सो क्षेत्रबाट समानुपातिकसमेत गरी ३७ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ बाट सुनीलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवास र समानुपातिकसमेत गरी २८ जना, क्षेत्र नं–४ बाट महेश आचार्य, दिलीप गच्छदार र डा मीनेन्द्र रिजाल र समानुपातिकसमेत गरी ३५ जनाको नाम परेको छ । उनीहरु सांसद हुन् ।

त्यसैगरी क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ एकमात्र अमृत अर्याल छन् भने समानुपातिकसमेत गरी ३९ जना र क्षेत्र नं ६ बाट डा शेखर कोइराला, रमेशजङ्ग रायमाझी, डा डीला संग्रौंला र अशोक कोइरालाको नाम सिफारिस गरिएको छ ।

सोमध्ये डा कोइराला र अशोक कोइराला सांसद हुन । उनीहरुसमेत गरी सो क्षेत्रबाट ६९ जनाको नाम सिफारिस गरिएको हो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई