२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री

२०८२, ३ पुष बिहीबार १६:११

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताउनुभएको छ ।

गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले भन्नुभयो, “निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ, मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनत उत्सव होइन, अब महोत्सव बन्दैछ ।”

निर्वाचनका लागि सरकारले स्रोतसाधन र जनशक्तिको व्यवस्था गरेर तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । “मुलुक निर्वाचनको दिशामा अगाडि बढिसकेको छ, सरकारले सबै तयारी गरिसकेको छ, निर्वाचन आयोगले पनि निरन्तर काम गरिरहेको छ । सबैजसो राजनीतिक दल निर्वाचनमा होमिएका छन् ।”

सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने कार्यदिशा पूरा गर्न सक्रिय भएको उल्लेख गर्नुभयो ।

उहाँले तीन महिनामा ३० भन्दाबढी भ्रष्टाचारका मुद्दा अदाललतमा पुगेका जानकारी दिनुहुँदै विगतका दिनमा प्रभाव र दबाबमा मुद्दा अगाडि नबढ्ने अवस्थाको अन्त्य भएको प्रष्ट पार्नुभयो । मन्त्री खरेलले भन्नुभयो, ‘‘हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।’’

‘डिस्कोर्स’का निष्कर्षलाई सरकारले ग्रहण गर्ने

सञ्चारमन्त्री खरेलले गोरखापत्र डिस्कोर्सबाट प्राप्त निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“जेनजीआन्दोलनपछिको पुनःनिर्माण र विकासको सन्दर्भमा मुलुकलाई समुन्नति तथा आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन यो डिस्कोर्सले महत्वपूर्ण भूमिका खेल्ने छ । डिस्कोर्सको निष्कर्षलाई सरकार र सम्बन्धित निकायले ग्रहण गर्नेछ’, उहाँले भन्नुभयो ।

गोरखापत्रको डिस्कोर्सले नेपाल बनाउने सन्दर्भमा ‘मिडिया’को भूमिका कुन हदसम्म हुन्छ भन्ने प्रभाणित गरेको उहाँको भनाइ छ । “मिडियाले सूचना र शिक्षा सम्प्रेषण मात्र गर्ने होइन मिडियाले डिस्कोर्स तयार गर्छ । विकासका लागि तालिम दिन्छ, मिडिया मिडियाको भूमिकामा मात्र नरहेर मुलु्क बनाउने भूमिका हुन्छ भन्ने मानक गोरखापत्र संस्थानले स्थापना गरेको छ”,उहाँले भन्नुभयो ।

सामाजिक सुरक्षा कोषमा आबद्धता

राज्यबाट सञ्चालित सञ्चार गोरखापत्र संस्थानका सञ्चारकर्मी तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।

सञ्चारमन्त्री खरेलले सामाजिक सुरक्षा कोषमा आवद्धताको परिचयपत्र वितरण गर्नुभयो । मन्त्री खरेलले आफूले मन्त्रालयको जिम्मेवारी लिएको भोलिपल्ट नै राज्यबाट सञ्चालित सञ्चार माध्यमलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय लिएको र त्यसलाई गोरखापत्रले सुरुमै कार्यान्वयन गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु गर्ने राज्यबाट सञ्चालित मिडियामा पहिलो बनेर सरकारको अभियानलाई साथ दिएकामा गोरखापत्र संस्थानलाई धन्यवाद दिन चाहन्छु ।”

संस्थानले १८० जना कर्मचारी तथा पत्रकारलाई सामाजिक सुरक्षामा आवद्धता गराउने जनाएको छ । मन्त्री खरेलले वर्षौंदेखि अड्किएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन ९ओएनएम० पारित गरेको जानकारी गराउनुभयो ।

सञ्चारमन्त्री खरेलले गोरखापत्र अब नेपाली आमसञ्चार माध्यममा अझ बढी व्यावसायिक, अझ बढी प्रतिस्पर्धी र अझ बढी युग सुहाउँदो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गोरखापत्रले अब ‘डिजिटल हाइवे’मा रफ्तारमा अगाडि बढ्नुपर्ने छ । अब सबै ‘आउटलेट’लाई डिजिटल हाइवेमा अगाडि बढ्नुपर्ने छ । अब मोबाइल र डिजिटल प्लेटफर्ममा देखिनुपर्ने छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना