२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

४ पुष २०८२, शुक्रबार १६:१९

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गर्नुभएको छ ।

सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ को सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले मानसिक स्वास्थ्यबारे नजिकका मान्छेसँग खुलेर कुरा गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ, सबैभन्दा ठूलो औषधी मनको कुरा अरुसँग साझा गर्नु हो । मानसिक स्वास्थ्यबारे आजैबाट बहस र चर्चा गरौँ । रोकथाम तथा उपचारको पाटोमा कुरा गरौँ जसले गर्दा मानसिक स्वास्थ्य समस्यालाई सामाना गर्न सहज हुन्छ ।”

पछिल्लो समय मानसिक स्वास्थ्य समस्या विशेषगरी कोभिड र जेनजी आन्दोलन पछाडि अझ सरोकारको विषय बनिरहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको मानसिक स्वास्थ्य सचेतना अभियानमा सबैजना एकीकृत भएर लाग्न आग्रह गर्नुभयो ।

“मानसिक स्वास्थ्य सबैका लागि महत्वपूर्ण सरोकारको विषय बनिरहेको छ । नेपालको ठूलो जनसङ्ख्या आफ्नो जीवनकालमा कुनै न कुनै रुपमा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित हुन सक्ने अवस्था छ । त्यसैले मानसिक स्वास्थ्यलाई अत्यन्त महत्वका साथ र हेर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही मङ्सिर २४ देखि फागुन ३० सम्म ‘स्वास्थ्य मन, स्वास्थ्य जीवन–मनको कुरा गरौँ भन्ने नारासहित मानसिक स्वस्थ्य सचेतना अभियान सञ्चालन गरिरहेको छ ।

यस अभियानको उद्देश्य मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै सबै नागरिकको पहुँचमा यो सेवा पु¥याउनु र खुला संवादको संस्कृतिलाई प्रोत्साहन गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने