२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट

२०८२, ४ पुष शुक्रबार १८:१८

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयससले शिष्टाचार भेट गर्नुभएको छ ।

छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा आज भएको भेटमा मन्त्री गौतमले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य तथा आप्रवासी स्वास्थ्यका विषयका नेपालको अवस्था स्पष्ट पार्नुभएको थियो । स्वास्थ्य बिमा र औषधि खरिद तथा व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नेपाल सरकारले चालेका कदमबारे उहाँहरूबीच विस्तृत छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

सो अवसरमा महानिर्देशक गेब्रेयससले नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा देखाएको उच्च प्रतिबद्धता र प्राथमिकताको प्रशंसा गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन र तय गरिएका लक्ष्यहरू प्राप्त गर्न विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग रहने आश्वासनसमेत दिनुभयो । स्वास्थ्य मन्त्री गौतम हाल नयाँ दिल्लीमा ‘डब्लुएचओ समिट अन ट्रेडिशनल मेडिसिन’ सम्मेलनमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना