२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

५ पुष २०८२, शनिबार १२:५८
काठमाडौँ | राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालश्रम बालअधिकारको गम्भीर उल्लङ्घन हुँदै आएकाले श्रमिक बालबालिकाको सुरक्षा, सशक्तीकरण तथा भविष्य निर्माणका लागि हातेमालो गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय बाल संरक्षण सञ्जाल र शिक्षा अधिकार अनुगमन समूहको आयोजनामा, लुिनभा, सिविस, बालविकास समाज, स्वतन्त्रता अभियान तथा बालकल्याण समाज मकवानपुरको सहकार्यमा ‘बालश्रम अन्त्यका लागि शिक्षाः अन्तरसम्बन्ध र प्रभाव’ विषयक छलफल कार्यक्रममा उपाध्यक्ष बानियाँले परिषद्का तर्फबाट खेलिनुपर्ने भूमिका सक्रियतापूर्वक खेलिएको बताउनुभयो ।
परिषद्ले संरक्षणविहीन बालबालिकाको उद्धार तथा पुनःस्थापना, श्रमिक बालबालिकाको शिक्षासहित अधिकार सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउँदै कार्य गरिरहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव शङ्कर अधिकारीले विद्यालयमा ‘ड्रपआउट’ घटाउने, सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्ने तथा शिक्षामार्फत बालश्रम न्यूनीकरण गर्न सरकार लागिपरेको बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव जितेन्द्रप्रसाद शर्माले मन्त्रालयले क्षेत्रगत पद्धति अवलम्बन गर्दै स्थानीय तहसँग सहकार्य गरी बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ अनुसार बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
बालअधिकार अभियानकर्मी मिलनराज धरेलले नेपालमा बालश्रमको अवस्था विश्लेषण गर्दै शिक्षामा पहुँच वृद्धि र टिकाउपन सुनिश्चित गर्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, बहुक्षेत्रीय समन्वय सुदृढ गर्ने तथा परिवार र समुदाय सशक्तीकरण गर्दै बालश्रम अन्त्य गर्न सकिने बताउनुभयो ।
शिक्षा अधिकार अनुगमन समूहका राष्ट्रिय संयोजक तथा एनएसिजीका सहअध्यक्ष नरेन्द्र डङ्गोलले कार्यपत्र प्रस्तुत गर्दै बाल संरक्षण प्रणाली र परिवारका लागि सामाजिक–आर्थिक सहयोग आवश्यक भएको बताउनुभयो ।
नागरिक समाजकोतर्फबाट एनएसिजीकी अध्यक्ष ऋतु भट्टराईले श्रमिक बालबालिकालाई शिक्षामा रूपान्तरण गर्न नागरिक समाज सञ्जालको भूमिका, सरकारी नीति तथा कार्यक्रम कार्यान्वयनमा निगरानी र दबाब तथा बालश्रमलाई राजनीतिक एजेन्डाका रूपमा स्थापित गर्न गरिएको प्रयासबारे धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने