८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

८ पुष २०८२, मंगलवार १२:१७

काठमाडौँ | प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताउनुभएको छ ।

महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढङ्गले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताउनुभयो ।

उहाँले न्याय सार आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्त्वपूर्ण विषय भएको तथा न्यायमा सहज पहुँच बनाएमा अभियोजनमा राम्रो हुने स्पष्ट पार्नुभयो । उहाँले अहिलेको नागरिक प्रश्न सोध्ने र समाज जवाफ दिने भएकोले यसलाई स्वभाविकरूपमा लिएर अघि बढनुपर्ने जरुरी भएको बताउनुभयो ।

अनुसन्धान सुष्म, गहिरो, प्रभावकारी भएन भने न्याय ठीक ठाउँ नपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले सभ्य समाज निर्णयमा न्यायको दियो प्रज्वलित हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुनी प्रणालीले विधि र प्रक्रियाअनुसार अनुुसन्धानलाई वस्तुनिस्ट, सुक्ष्म तरिकाले गर्दा मात्रै सफल हुने बताउनुभयो । उहाँले महान्यायाधिवक्ता कार्यालयको अभियोजन सुधार र व्यावसायिक सफलताको कामनासमेत गर्नुभयो ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले जनतालाई न्यायको केन्द्रविन्दुमा राखेर पीडितलाई न्याय दिने तरिकाले अभियोजन सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानले मुद्दा चलाउने वा नचलाउने भन्ने जिम्मेवारीसमेत दिएको बताउनुभयो ।

वरिष्ठतम् न्यायाधीश मल्लले अहिले जटिल परिस्थितिबाट न्यायालय अगाडि बढिरहेको र सुधारको चाहनालाई लिएर भएको जेनजी पुस्ताको मागलाई ध्यान दिनुपर्ने जरुरी भएको बताउनुभयो ।

उहाँले डिजिटल प्रविधिको नवयुग प्रवेश गरिरहेको हुनाले यसलाई सही कसरी प्रयोग गर्ने र डिजिटलबाट हुने अपराधलाई न्यूनीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महान्यायाधिवक्ता सविता बरालले सात दशकदेखि महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई निरन्तर सुधार गर्न लागिरहेको बताउनुभयो । उहाँले सरकारी वकिलको कार्यालय अभियोजन गर्ने निकाय भएकाले बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार भएको हुनाले अभियोजनमा प्रभाव पर्छ कि पर्दैन भन्ने जिज्ञासा राख्नुभयो । उहाँले जिल्ला न्यायाधीशमा सरकारी वकिलले नाम निकाल्न सफल भएको र ५० प्रतिशतभन्दा बढी महिला भएको जानकारी गराउनुभयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले गरिबले न्याय पाउने गरि काम गर्नुपर्ने र फौजदारी अभियोजनमा सुधारमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जनताको न्यायमा ध्यान दिन प्रेरित गरोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विधिको शासन, अभियोजन प्रणालीलाई व्यवस्थित बनाइ प्रविधिमैत्री तरिकाले काम गरिरहेको बताउनुभयो । उहाँले महान्यायाधिवक्ता कार्यालय र नेपाल प्रहरीबीच सोच, सहकार्य तथा समन्वयमा प्रभावकारी तरिकाले काम गरिरहेको उल्लेख गर्नुभयो ।

नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले फौजदारी अभियोजन सुधारमा काम गरिरहेको उल्लेख गर्दै गत भदौ २३ र २४ गते १९ कार्यालय क्षति भएको भए पनि अहिले मर्मत गरी कार्य सञ्चालनमा आएको जानकारी दिनुुभयो ।

सो अवसरमा ‘सर्वोत्कृष्ट सरकारी वकिल’ को सम्मान सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई प्रदान गरिएको छ भने १३ जना सरकारी वकिल र कर्मचारीलाई उत्कृष्ट कार्यसम्पादनमा पुरस्कार तथा सम्मान गरिएको थियोे । प्रधानन्यायाधीश राउतले उक्त पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

सर्वोत्कृष्ट सरकारी वकिल सहन्यायाधिवक्ता न्यौपानेले सम्मानले काम र कर्तव्यमा थप उर्जा र जिम्मेवारी थपिएको अनुभव राख्नुभयो । कार्यक्रममा प्रधानन्यायाधीश राउतले महान्यायाधिवक्ता कार्यालयले प्रकाशित स्थापना दिवस विशेषाङ्क विमोचन गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट सुनको मूल्य हालसम्मकै उच्च यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड