२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण

२०८२, ८ पुष मंगलवार १४:१५

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले नेपाली कांग्रेसको क्षतिग्रस्त केन्द्रीय कार्यालयको निरीक्षण गरेको छ ।

निरीक्षणपछि मन्त्री सिन्हाले विभिन्न कालखण्डमा राजनीतिक निकास निकालेको नेपाली कांग्रेसले वर्तमान परिस्थितिमा पनि देशलार्ई निकास दिन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

“दलहरू पनि देशलाई राजनीतिक निकास दिनेतर्फ लाग्नुपर्छ, अहिले देश सङ्कटमा छ, हामीले सहमति गर्ने हो, हामी निर्वाचनमा केन्द्रित भइसकेका छौँ, सरकारले के कस्तो वातावरण बनाउनुपर्छ, राजनीतिक दलको अपेक्षा र सुझाव पनि सरकारलाई आवश्यक छ”, मन्त्री सिन्हाले भन्नुभयो ।

मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाएको उल्लेख गर्दै सरकार र प्रमुख राजनीतिक दलबीच संवाद जारी राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले बोलाएको वार्तामा सहभागी भएर नेपाली कांग्रेसले सहयोग गरिरहेको छ, चुनावलाई कसरी निष्पक्ष बनाउन सकिन्छ भनेर हामीले सबै राजनीतिक दलसँग छलफल गरिरहेका छौँ । चुनावको वातावरण बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको छ । का निम्ति विश्वसनीय वातावरण पनि बनाउँछ ।” निर्वाचनको वातावरण बनाउन सरकारले सरोकार भएका सबै पक्षसँग वार्ता गरिरहेको मन्त्री खरेलको कथन थियो ।

मन्त्री खरेलले जेनजी आन्दोलनमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीको चाहनाअनुसार पार्टी कार्यंलय भवन कसरी पुनर्निर्माण भइरहेको छ भन्ने जानकारी लिन आफूहरू आएको बताउनुभयो ।

मन्त्रीद्वयलाई स्वागत गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी सबै मिलेर निर्वाचनमा जानुपर्छ । सबै दलको दृष्टि चुनावमा हुनुपर्छ ।”

टोलीलाई सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, कोषाध्यक्ष उमेश श्रेष्ठ, भीष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्याय, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत पदाधिकारीले आन्दोलनमा भएको क्षतिबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना