२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना

२०८२, ८ पुष मंगलवार १५:२९

काठमाडौँ | धनकुटाको पाख्रिबास नगरपालिका–१० चुनवाङ फलामेटोलका ६४ वर्षीया छत्रमान कुथुमी (पारुहाङ) राईका लागि देशमा मौलाइरहेको भ्रष्टाचारको अन्त्य भई सुशासनयुक्त राज्य प्रणाली भएको देख्ने ठूलो सपना थियो । त्यसैका लागि भएको आन्दोलनमा उहाँले शहादत मात्र प्राप्त गर्नुभएन, नयाँ पुस्तालाई भ्रष्टाचारमुक्त समाज निर्माणमा लाग्न प्रेरित गर्नुभयो ।

विसं २०१८ मा जन्मिएर स्थानीय भारती माविमा कक्षा ८ सम्म अध्ययन गरी धरान पब्लिक स्कुलबाट एसएलसी दिनुभएका कुथुमी जीवनपर्यन्त कुशासनको अन्तय गर्ने अठोटका साथ निरन्तर डटिरहनुभएको थियो । तीस वर्षअघि गाउँ छोड्नुभएका उहाँ पछिल्लो समय काठमाडौँमा बसेर भ्रटाचार विरुद्धका विभिन्न आन्दोलनमा सहभागी हुँदै आउनुभएको थियो । “समाजमा व्याप्त बेथिती र भ्रष्टाचार विरुद्ध लड्नुमा उहाँको आक्रोश मात्र नभई एक प्रकारको सङ्घर्ष नै थियो” उहाँका कान्छा भाइ डिम्पल कुथुमी राईले भन्नुभयो ।

भ्रटाचार विरुद्धको अभियान भन्ने बित्तिकै आफ्ना सबैकुरा भुलेर हरेक आन्दोलनमा उहाँ अग्रमोर्चामा उभिनुहुन्थ्यो । ६४ वर्षको उमेरमा पनि उहाँ अन्य युवाभन्दा कम जोसिलो हुनु हुन्थेन । उहाँ भन्नुहुन्छ, “आफ्नो सबै चिज खर्चेर भ्रष्टाचारबिरुद्धको आन्दोलनमा लागेर आफू र परिवारका लागि दाइले केही गर्नुभएन ।” आन्दोलनको घोषणासँगै उहाँ पटक–पटक भ्रष्टाचारको विरुद्ध आन्दोलनमा होमिंदा छात्तीमा गोली खान पनि आफू तयार रहेको बताउनुभएको भाइ डिम्पल सम्झनुहुन्छ ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनले उहाँभित्र रहेको विद्रोहको आगोलाई झन सल्किने अवसर मिल्यो । नभन्दै भदौ २३ गते भएको १८ जनाको गोली लागेर मृत्यु हुनेमा उहाँ पनि पर्नुभयो । दाजुलगायत जेन्जी आन्दोलनमा शहिद भएकाले देखेको सपना र बलिदान त्यसै खेर जान नदिन सरकारले उनीहरुको माग पूरा गर्नुपर्ने डिम्पलको माग छ ।

पारिवारिक रूपमा उहाँको जीवन त्यति सहज नभएको भाइ डिम्पल बताउनुहुन्छ । पटकपटक बैबाहिक जीवन असफल भएका कारण उहाँले चार वटी श्रीमती बिहे गर्नुभएको थियो । बिहे गरेपछि परिवारमा अपेक्षा हुने र त्यो अपेक्षा पूरा नभएपछि परिवारमा फुट भएकै कारण दाइले धेरै जनासँग बिहे गरेको उहाँको भनाइ छ । चार श्रीमतीबाट तीन छोरा र तीन छोरी छन् । उहाँ कान्छी श्रीमती दीपा श्रेष्ठसँंग २५ वर्षदेखि काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा मजदूरी गरेर जीविकोपार्जन गर्दै आउनुभएको थियो ।

बुबा स्व बेलबहादुर कुथुमी तथा जेठी आमा कृष्णकुमारी राई र कान्छी आमा रामकुमारी राईका पाँच छोरामध्ये जेठो छोराको रूपमा जन्मनुभएका कुथुमीले २०५२ सालबाट घर छाडेर बेलाबखत मात्र गाउँ आउने गरेका थिए । छत्रमानको निधनको खबरले ८७ वर्षीया आमा रामकुमारीलाई गहिरो शोक परेको छ । बेलाबखत घरमा आएर आफूसँग ठट्यौली र रमाइलो गरिरहने छोराले ‘आमा म प्रधानमन्त्री नभई तिम्रो प्राण जाँदैन’ भन्ने गरेको र ‘आँ त हुन्छस्’ भनेको याद आमालाई आज पनि ताजै छ । “यसपालि पनि आउँछ होला जस्तो लागिराथ्यो तर एकैचोटी लास पो आयो”आमाले भावुक हुँदै भन्नुभयो ।

हाल साइँला छोरा किशोर कुथुमी राईसँग गाउँमै बस्दै आउनुभएका आमा कृष्णकुमारीले छोरा मरेर फिर्ता नआए पनि छोराले देखेको सपना पूरा होस् र अरुले यस्तो पीडा भोग्न भपरोस् भन्ने चाहना राख्नुभएको छ । जेन्जी आन्दोलनमा शहिद भएका कुथुमीको शव नेपाली सेनाको हेलिकप्टरमार्फत् भदौ ३१ गते जन्मथलो पाख्रिवास नगरपालिका–१० चुङमाङ ल्याएर अन्त्यष्ठी गरिएको थियो । छत्रमानलाई सरकारले कात्तिक १८ गते शहिद घोषणा गरेर राहतस्वरुप नगद १५ लाख रकम सहयोग गरेको परिवार स्रोतले जानकारी दिएको छ ।

नियमित घर नआउने श्रीमान् कहाँ गएका भन्ने थाहा नहुने भएकाले अचानक उहाँको मृत्युको खबरले आफू मर्माहत र छाँगाबाट खसेजस्तो भएको माइली श्रीमती रामकुमारी राईले सुनाउनुभयो । देशमा आमुल परिवर्तन भए पनि गाउँ फर्कन्छु भन्ने दाइ कहिल्यै नफर्कने गरी काठको बाकसमा फर्कनु हुँदा परिवार मर्माहत भएको माइला भाइ खण्डमान बताउनुहुन्छ । परिवर्तनका लागि लागिरहने दाइको परिवारको हाल कुनै दिगो आर्थिक स्रोत नभएकाले राज्यले अभिभावकत्व लिनुपर्ने उहाँको भनाइ छ । घटनापछि भाउजु र नानीहरु गाउँमा फर्किनुभएकाले दाइको परिवार तथा बच्चाको अध्यापनका लागिसरकारसँग उहाँको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला