१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

१० पुष २०८२, बिहीबार १३:४६

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र कानुनी जटिलतालाई समाधान गरेर चुनावमा जानुपर्नेमा जोड दिएको छ । नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मुलुकका समस्या थाँती राखेर हुने निर्वाचनले निकास नदिने स्पष्ट पार्नुभयो ।

उहाँले समाजवादी सङ्घीयताअनुरुप राज्यको ढाँचा बन्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय संरचना र राज्यका सबै अङ्गमा जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्ने आफ्नो पार्टीको दृष्टिकोण रहेको जानकारी दिनुभयो । अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनतासहित सबै शक्तिलाई चित्तबुझ्ने गरी निकासको पहल गर्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “त्यो अवस्था होइन भने राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्नुपर्छ ।”

जेनजी विद्रोह पछि पनि जनताले उठाउँदै आएका विषय सम्बोधन हुन नसक्नु बिडम्बना भएको उल्लेख गर्दै महासचिव चन्दले निर्वाचन मात्रै नभइ भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्द्धनका क्षेत्रमा पनि काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

“भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचन कार्यकारीको व्यवस्था गर्नुपर्ने जेनजी आन्दोलनको ‘म्याण्डेट’ हो”, उहाँले भन्नुभयो, “तर पछिल्लो अन्तरिम सरकार बनेपछि चुनावलाई मात्रै जोड दिएर काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु