११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

११ पुष २०८२, शुक्रबार १८:०६

काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ का बारेमा जानकारी दिन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ ।

आयोगमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको उद्घाटन गर्नुभएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन सूचना तथा सन्देश सार्वजनिक गर्न केन्द्र स्थापना गरेको जानकारी गराइएको हो ।

केन्द्रमा समन्वयात्मक रूपमा कार्य गर्नेगरी निर्वाचन सूचना तथा सञ्चार केन्द्र, सूचना सदाचार प्रवर्द्धन एकाइ र विद्युतीय मतदाता शिक्षा एकाई गरी तीन वटा एकाइ रहेको जानकारी गराइयो । आयोगले आजैदेखि पत्रकारलाई निर्वाचनसम्बन्धी साप्ताहिक रूपमा जानकारी दिनेगरी पत्रकार सम्मेलन सुरु गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वासनीय बनाउन तथ्यपरक र आधिकारिक सूचनाको प्रभावकारी सम्प्रेषण गरिनुपर्ने बताउनुभयो । यसका लागि केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो ।

निर्वाचनका क्रममा सामाजिक सञ्जालमा हुने मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिलाई रोक्न र आयोगका सूचना निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षासम्बन्धी सचेतनामूलक सामग्री सम्प्रेषण गर्न केन्द्रले काम गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो । आयोगका गतिविधि र सूचनालाई तत्काल एवं सही रूपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउनुहुँदै उहाँले सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतलाई ध्यान दिएर स्वच्छ निर्वाचन गराउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणा भएपछिदेखि हालसम्म आयोगले गरेका मुख्यमुख्य काम र निर्वाचन पूर्वतयारीका सम्बन्धमा प्रस्तति गर्दै यसअघिको निर्वाचनपछि मौज्दात रहेका सामग्री प्रयोग गरेर बाँकी मात्र खरिद गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति