१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संविधानले विविधतासहितको एकतालाई आत्मसात् गरेको छ : अध्यक्ष दाहाल

१५ पुष २०८२, मंगलवार ११:२१

काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका रूपमा आत्मसात् गरेको बताउनुभएको छ ।

नयाँ वर्ष शुभारम्भको रूपमा तमु (गुरुङ) समुदायले विशेष महत्त्वका साथ मनाउने तमु ल्होसारका अवसरमा आज देश तथा विदेशमा रहनुभएका तमु समुदायका साथै समस्त नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना उहाँले व्यक्त गर्नुभएको छ ।

सोही सन्दर्भमा उहाँले भन्नुभएको छ, “हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ, तमु ल्होसार पर्वले गुरुङ जातिको लोक संस्कृतिको संरक्षण र विकास गर्न विशिष्ट भूमिका खेलेको छ ।”

तमु लोसारजस्ता मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा