१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

१५ पुष २०८२, मंगलवार १२:२७

काठमाडौँ | आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो । सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उक्त प्रणालीतर्फ ११० स्थानका लागि ६४ दलका गरी तीन हजार ४२४ उम्मेद्वारको नाम बन्द सूचीमा समावेश भएको छ । बन्द सूची बुझाउने ६४ दलमध्ये ५४ दलको आफ्नो निर्वाचन चिह्न र १० दलबाट साझा निर्वाचन चिह्नमा उम्मेदवारी परेको छ ।

यसबीचमा कतिपय दलबीच एकता र सहकार्यको सहमति भएकाले राति अबेरसम्म बन्द सूची बुझाउने क्रम जारी रहेको थियो । आयोगमा ९३ राजनीतिक दलले यस प्रणालीमा उम्मेद्वारी दिन आवेदन दिएका थिए ।

प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिकाअनुसार काम हुने बताउनुभयो । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि सच्याउनुपर्ने वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म मिलाउन दललाई समय दिनेछ । यही पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प