2026-10-06 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथर काँग्रेसका यी हुन् सम्भावित उम्मेदवार, को–को भए सिफारिस ?

असोज २३, पाँचथर । आगामि मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि पाँचथरका राजनीतिक दलहरुलाई उम्मेद्वारको नाम छनोटको चटारो परेको छन् ।

नेपाली कांग्रेस पाँचथरले प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य तथा हालका सांसद भिष्मराज आङदेम्वे, जिल्ला सदस्य तथा महासमिति सदस्य मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकबहादुर चेम्जोङको नाम सिफारिस गरेको छ ।

त्यस्तै, समानुपातिक तर्फ पूर्वमन्त्री तथा पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्मा, पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा, महासमिति सदस्य कृष्णकुमारी खतिवडा र पूर्व जिल्ला सदस्य चन्द्रकला केरुङको नाम सिफारिस गरेको छ । 

यस्तै कांग्रेस पाँचथरले प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सचिव रुपनारायण जवेगू, बालकृष्ण ओझा र पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाको नाम सिफारिस गरेको छ ।

यी मध्ये प्रदेशसभामा पाँचथरको क नम्बर क्षेत्रबाट रुपनारायण जवेगुको सम्भावना बलियो देखिएको छ । २०४७ सालमा कांग्रेसको विद्यार्थी संगठन नेविसंघका जिल्ला सदस्य भई राजनीति सुरु गरेका जवेगु २०५० मा शिक्षक संघ पाँचथरका जिल्ला सदस्य भए । 

२०६४ देखि शिक्षक युनियन पाँचथरका अध्यक्ष २ कार्यकाल भएका थिए । त्यसयता जवेगु पाँथथर कांग्रेसको निर्वा्चित जिल्ला सदस्य निर्वा्चित जिल्ला सचिव हुँदै हाल जिल्ला सचिव रहेका छन् । 

माओवादी द्वन्द्वकालमा उनलाई साविक याङनाम गाविस– २ हाल फिदिम–१० मा राति १२ बजे माओवादीले गोलीसमेत प्रहार गरेको थियो । यस्तै शिक्षक यूनियन हुँदा शैक्षिक क्षेत्रमा ठूलो टेवा पुरयाएको,शिक्षक पेशा बाट समेत राजीनामा दिएर हालसम्म भएका सबैजसो निर्वाचनहरुमा पार्टीलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्दै आएका जवेगुलाई नै पार्टीले प्रत्यक्षतर्फ प्रदेश सभामा मनोनित गर्ने सम्भावना बलियो देखिएको छ ।

पार्टीले प्रदेशसभाका लागि समानुपातिकतर्फ महासमिति सदस्य लक्ष्मीराज तावा, अम्बिका न्यौपाने, पूर्णबहादुर नेपाली, मधु जवेगु, मानप्रकाश खेवाङ, जयप्रसाद रिजाल, टेकबहादुर काम्वाङ, विश्वराज योङया, सुरेन्द्र तिम्सिनालगायतलाई छनोट गरेको छ ।

सिफारिसमा परेका मध्ये पार्टीले प्रदेशसभा सदस्यमा लक्ष्मीराज तावालाई मनोनित गर्ने सम्भावना बलियो देखिएको छ । यस्तै क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ महासमिति सदस्य सुरेन्द्रकुमार दाहाल, शिक्षक संघका जिल्ला अध्यक्ष विरेन्द्र खड्का, महाधिवेशन प्रतिनिधि धर्मेन्द्र विक्रम नेम्वाङ र क्षेत्रीय सदस्य सूर्यकुमारी चेम्जोङको नाम सिफारिस भएको छ । 

समानुपातिक तर्फ धनेन्द्र चेम्जोङ, पत्रकार विपेन्द्र गौतम, गंगामायाँ आङदेम्वे, रामराज आङदेम्वे, हरिराज आङदेम्बे, आशा आङदम्बे, निरवहादुर विश्वकर्मा, धनराज तुम्वापो लगायतको नाम केन्द्रमा अनुमोदनको लागि सिफारिस गरीएको वताइएको छ । यस यस क्षेत्रमा प्रत्यक्ष तर्फ सुरेन्द्र दाहाल र विरेन्द्र खडकाको नाम वढि चर्चामा छ । यी मध्ये एकले टिकट पाउन सक्ने अवस्था रहको वताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु