१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’

१६ पुष २०८२, बुधबार १७:०८

काठमाडाँै | राष्ट्रियसभाका सांसदहरुले चलचित्र विकास बोर्डलाई संविधानको मर्म र भावनाअनुसार समावेशी बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा भाग लिनुहुने सांसदहरुले बोर्डको संरचना संविधानको मर्मअनुरुप सबै पक्षलाई यथासक्य समटे्नेगरी समावेशी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा समितिका सांसद राधेश्याम पासवानले सदियौँदेखि कला र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदैआएका दलित समुदायको बोर्डमा प्रतिनिधित्व हुनुपर्ने धारणा राख्नुभयो । उहाँले समावेशी भन्न र देखाउनका लागि मात्रै नभई व्यवहारमा प्रष्ट उर्तानुपर्ने बताउनुभयो ।

सांसद पदम परियारले पाँच जनाको बोर्ड सदस्यमा सबै समुदाय नअट्ने भए नहोरिने गरी पालैपालो सबै समुदायको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद डा अन्जान शाक्यले चलचित्र क्षेत्रमार्फत जनजातिको संस्कृति जर्गेना गर्दै आएका आदिवासी जनजातिको बोर्डमा प्रतिनिधित्व सुनिश्चित गर्न ध्यानाकर्षण गर्नुभयो ।

यसैगरी भुवनबहादुर सुनारले नदोहोरिनेगरी सबै वर्ग र समुदायको बोर्डमा उपस्थिति सुनिश्चित गरी समावेशी सहभागितामा जोड दिनुभयो ।

छलफलमा भाग लिँदै सांसद बेदुराम भुसाल, विष्णुबहादुर विश्वकर्मा, सुरेशकुमार आलेमगरलगायतले चलचित्र क्षेत्रको विकास र विस्तारका लागि समावेशी प्रतिनिधित्व हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डलाई समावेशी, स्वायत्त र सबैको अपनत्व हुनेगरी आवश्यक नीतिगत व्यवस्था गर्न सरकार तयार रहेको स्पष्ट गर्नुभयो ।

समितिको बैठकमा उठाइएका जिज्ञासा सम्बोधन गर्नेक्रममा सञ्चारमन्त्री खरेलले सांसदहरूद्वारा उठाइएका महत्वपूर्ण सुझावहरूलाई समेटेर विधेयकलाई टुङ्गोमा पु¥याइनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

यसैगरी सञ्चार सचिव राधिका अर्यालले समावेश सहभागिताका सन्दर्भमा समितिमा उठेका विषयप्रति मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

सभापति तुलसाकुमारी दाहालले चलचित्र विकास बोर्डसँग सम्बन्धित विधेयकमाथिको दफावार छलफललाई यथासक्य छिटो टुङ्गोमा पु¥याउनुपर्ने धारणा व्यक्त गर्दै पेचिलो रुपमा प्रस्तुत समावेशी सहभागिताका सन्दर्भमा सञ्चार मन्त्रालय र सांसदहरुबीच बृहत् छलफल गरी सहमतिका साथ विधेयकलाई अन्तिम रुप दिने पक्षमा समिति रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा नक्कली प्रहरी पक्राउ भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल