२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

२०८२, १६ पुष बुधबार १८:०५

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डको भूमिका अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले विश्व परिवेश तीव्ररूपमा रुपान्तरित भइरहँदा नेपालले डिजिटल संलग्नता, गुणस्तरीय पर्यटन, दिगो अभ्यासहरू र उदयमान स्रोत बजारहरूलाई राष्ट्रिय प्राथमिकतासँग रणनीतिकरूपमा जोडेर अगाडि बढाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । उहाँले हालसम्म नेपालको पर्यटनलाई जीवन्त बनाउने सबैप्रति आभार प्रकट गर्दै साझेदारीका साथ अघि बढ्न पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले यही बोर्डको अनुभव र सिकाइमा आधारमा मन्त्रीको भूमिका निर्वाह गर्न आइपुगेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले अहिले आफू फरक भूमिकामा रहेपनि पछि पुनःपर्यटन क्षेत्रमै जोडिएर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँलाई आजै नेपाल पर्यटनन बोर्डले सम्मान गरेको थियो । सो क्रममा मन्त्री श्रेष्ठले पर्यटन भनेको आगमन सङ्ख्याको गणना मात्रै नभई विश्वस्तरमा नेपालको सम्बन्धविकास हो भन्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटनलाई गुणात्मक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको सहभागितामा लाभ सुनिश्चित हुने मोडलको पर्यटन विकास आजको आवश्यकता भएको बताउँदै सांस्कृति पर्यटनको विकास र प्रवर्द्धन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले सरकारले बोर्डलाई आवश्यक सहयोग नगरेको गुनासो गर्नुभयो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गएको एक वर्षमा झण्डै ११ लाख ६० हजारको हाराहारीमा पर्यटक भित्रिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो अघिल्लो वर्षभन्दा ३ प्रतिशत बढी भएको पनि बताउनुभयो ।

कार्यक्रममा बोर्डले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यू एसोसिएसन र प्यासफिक एसिया ट्राभल एसोसिएसनलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना