१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

१६ पुष २०८२, बुधबार १८:०५

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डको भूमिका अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले विश्व परिवेश तीव्ररूपमा रुपान्तरित भइरहँदा नेपालले डिजिटल संलग्नता, गुणस्तरीय पर्यटन, दिगो अभ्यासहरू र उदयमान स्रोत बजारहरूलाई राष्ट्रिय प्राथमिकतासँग रणनीतिकरूपमा जोडेर अगाडि बढाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । उहाँले हालसम्म नेपालको पर्यटनलाई जीवन्त बनाउने सबैप्रति आभार प्रकट गर्दै साझेदारीका साथ अघि बढ्न पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले यही बोर्डको अनुभव र सिकाइमा आधारमा मन्त्रीको भूमिका निर्वाह गर्न आइपुगेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले अहिले आफू फरक भूमिकामा रहेपनि पछि पुनःपर्यटन क्षेत्रमै जोडिएर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँलाई आजै नेपाल पर्यटनन बोर्डले सम्मान गरेको थियो । सो क्रममा मन्त्री श्रेष्ठले पर्यटन भनेको आगमन सङ्ख्याको गणना मात्रै नभई विश्वस्तरमा नेपालको सम्बन्धविकास हो भन्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटनलाई गुणात्मक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको सहभागितामा लाभ सुनिश्चित हुने मोडलको पर्यटन विकास आजको आवश्यकता भएको बताउँदै सांस्कृति पर्यटनको विकास र प्रवर्द्धन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले सरकारले बोर्डलाई आवश्यक सहयोग नगरेको गुनासो गर्नुभयो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गएको एक वर्षमा झण्डै ११ लाख ६० हजारको हाराहारीमा पर्यटक भित्रिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो अघिल्लो वर्षभन्दा ३ प्रतिशत बढी भएको पनि बताउनुभयो ।

कार्यक्रममा बोर्डले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यू एसोसिएसन र प्यासफिक एसिया ट्राभल एसोसिएसनलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा नक्कली प्रहरी पक्राउ भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल