२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल

२०८२, १७ पुष बिहीबार १८:२१

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ ।

१३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “राष्ट्रियताको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ, राष्ट्रिय झण्डा भन्ने वित्तिकै यसप्रतिको श्रद्धा अगाध झल्किन्छ । राष्ट्रिय एकताको प्रतिक राष्ट्रिय झण्डा हो, जसले सबै नेपालीलाई जोड्नसक्छ । हामी जो जहाँ छौ, नेपाली हुनुको पहिचान जोगाउने कार्यमा सक्रिय भएर लागौँ ।”

मन्त्री खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने र उत्सवको रुपमा दिवस मनाउने सन्दर्भमा आफू अभियानको साथमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नवजवान युवाहरुले विहे, व्रतवन्ध, भोज र औपचारिक कार्यक्रम तथा भव्य र सभ्य समारोहमा दौरा, सुरुवाल, कोट, टोपी, साडी, चोलो लगाएर कार्यक्रममा उपस्थित हुदा राष्ट्रिय महत्व आफैमा बढेको छ । विश्वभर नेपालीको पहिचानको परिचय दिइरहदाँ शिरमाथी लगाएको ढाका टोपी दौरा सुरुवाल हो । नेपाल र नेपाली चिनाउने राष्ट्रिय पोशाक नै हो, त्यसैले यसको संरक्षणमा सबै लाग्नुपर्छ ।”

प्रतिष्ठानका अध्यक्ष राजानन्द मण्डलले राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकको गरिमा र ओझ बढाउने कार्यमा सबै जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा राष्ट्रिय हित प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना