१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की

१८ पुष २०८२, शुक्रबार १७:०४

काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीर्घकालसम्म हुनेगरी सडक पूर्वाधार निर्माण बनाउनुपर्ने बताउनुभएको छ । सिमेन्ट उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सानासाना कुरामा लोभ नगरेर बलियो र टिकाउ हुने पूर्वाधार बनाउन ध्यान दिनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले जेठ लागेपछि कालोपत्र बनाउन थाल्ने र असार नलाग्दै भत्किनेभन्दा सिमेन्टको प्रयोगले लामो समयसम्म टिक्ने सडक पूर्वाधार बनाउने विषयमा नीतिगत रूपमै सोच्नुपर्ने जोड दिनुभयो । उहाँले भन्नुभयो, “जेठमा बनाउने असारमा भत्किने होइन । अब समयमै काम गर्ने र समयमै सिद्धिने गरी काम गर्नुपर्छ ।आफ्नै कच्चापदार्थको प्रयोग गरी दीगो पूर्वाधारमा ध्यान दिन आवश्यक छ ।”

प्रदेश सरकारले प्रदेशकै कच्चापदार्थ उपयोग गर्नेगरी नीति ल्याउने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले कर्मचारीले आफ्नो पोशाक स्थानीय उत्पादन नै प्रयोग गर्ने विषयमा पनि तयारी गरिएको बताउनुभयो ।

कार्यक्रममा सिमेन्टको प्रयोगबाट निर्माण हुने सडकको टिकाउ र दीर्घकालीन फाइदाका विषयमा नेपाल सरकारका पूर्वसचिव अर्जुनजङ्ग थापाले प्रस्तुति गर्नुभएको थियो । नेपालमा करिब ६५ वटा सिमेन्ट उद्योग भएको र क्रमशः सिमेन्टमा निर्भर हुँदै विदेश निर्यात गर्ने अवस्थामा पुगिसकेकाले यसको स्वदेशमा खपत गरेर लाभ लिनुपर्ने उहाँको भनाइ थियो ।

सिमेन्ट उद्योग सङ्घका निवर्तमान अध्यक्ष ध्रुव थापाले सिमेन्ट प्रयोग गर्दा संरचना कसरी टिकाउ र बलियो हुन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि