२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की

२०८२, १८ पुष शुक्रबार १७:०४

काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीर्घकालसम्म हुनेगरी सडक पूर्वाधार निर्माण बनाउनुपर्ने बताउनुभएको छ । सिमेन्ट उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सानासाना कुरामा लोभ नगरेर बलियो र टिकाउ हुने पूर्वाधार बनाउन ध्यान दिनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले जेठ लागेपछि कालोपत्र बनाउन थाल्ने र असार नलाग्दै भत्किनेभन्दा सिमेन्टको प्रयोगले लामो समयसम्म टिक्ने सडक पूर्वाधार बनाउने विषयमा नीतिगत रूपमै सोच्नुपर्ने जोड दिनुभयो । उहाँले भन्नुभयो, “जेठमा बनाउने असारमा भत्किने होइन । अब समयमै काम गर्ने र समयमै सिद्धिने गरी काम गर्नुपर्छ ।आफ्नै कच्चापदार्थको प्रयोग गरी दीगो पूर्वाधारमा ध्यान दिन आवश्यक छ ।”

प्रदेश सरकारले प्रदेशकै कच्चापदार्थ उपयोग गर्नेगरी नीति ल्याउने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले कर्मचारीले आफ्नो पोशाक स्थानीय उत्पादन नै प्रयोग गर्ने विषयमा पनि तयारी गरिएको बताउनुभयो ।

कार्यक्रममा सिमेन्टको प्रयोगबाट निर्माण हुने सडकको टिकाउ र दीर्घकालीन फाइदाका विषयमा नेपाल सरकारका पूर्वसचिव अर्जुनजङ्ग थापाले प्रस्तुति गर्नुभएको थियो । नेपालमा करिब ६५ वटा सिमेन्ट उद्योग भएको र क्रमशः सिमेन्टमा निर्भर हुँदै विदेश निर्यात गर्ने अवस्थामा पुगिसकेकाले यसको स्वदेशमा खपत गरेर लाभ लिनुपर्ने उहाँको भनाइ थियो ।

सिमेन्ट उद्योग सङ्घका निवर्तमान अध्यक्ष ध्रुव थापाले सिमेन्ट प्रयोग गर्दा संरचना कसरी टिकाउ र बलियो हुन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना