२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले

२१ पुष २०८२, सोमबार १३:३३

काठमाडौँ | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई गति दिएको छ ।

पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसका क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छभने केही जिल्लाबाट एकभन्दा बढी आकाङ्क्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नामसमेत केन्द्रमा पठाएका छन् ।

एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्रहरूमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली–झापा–५, उपाध्यक्ष विष्णु पौडेल–रुपन्देही–२, महासचिव शङ्कर पोखरेल–दाङ–२, उपमहासचिव लेखराज भट्ट–कैलाली–४, एमाले सचिव महेश बस्नेत– भक्तपुर–२ बाट सिफारिस हुनुभएको छ ।

त्यस्तै, एमाले नेताहरू प्रदीप ज्ञवाली–गुल्मी–१, ईश्वर पोखरेल–काठमाडौँ–५, लीलानाथ श्रेष्ठ–सिरहा–३, अजय गुप्ता–रौतहट–१, हरि उप्रेती–सर्लाही–३, तिलक महत–नवलपुर–२, मिलन गुरुङ–गोरखा–२, बद्री मैनाली–नुवाकोट–१, सूर्य ढकाल–बाँके–१, दलबहादुर सुनार–बाँके–३, विश्राम चौधरी–कपिलवस्तु–१, सुहाङ नेम्वाङ–इलाम–२, लक्ष्मी महतो कोइरी–महोत्तरी–१ सिफारिस हुनुभएको छ ।

साथै, प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस हुनुभएका नेताहरूमा ध्रुव शाही–सुर्खेत–१, कलाधर देवकोटा–सुर्खेत–२, गुलाबजङ्ग शाह–सल्यान, मणिराम फुयाल–काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारी–बैतडी,गणेश ठगुन्ना–दार्चुला रहनुभएको छ ।

सचिव बस्नेतका अनुसार अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन्भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी सुनचाँदीको मूल्य बढ्यो गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप