२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको स्थान हद फुकुवा’

२१ पुष २०८२, सोमबार १५:०२

काठमाडौँ | पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो ।

आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा सोधपुछ गर्ने काम सम्पन्न भएकाले स्थान हद फुकुवा गरिएको जानकारी दिनुभयो ।

“भदौ २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न असोज १२ गतेको बैठकबाट निर्णय गरिएको थियो”, आयोगको निर्णयमा भनिएको छ, “ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिएको छ ।”

आयोगको टोलीले बयान लिने क्रममा आइतबार गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा पुगेको थियो । आयोगको टोलीलाई अध्यक्ष ओलीले लिखित वक्तव्य बुझाउनुभएको थियो ।

यसअघि, आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । प्रवक्ता शर्माका अनुसार चार सुरक्षा निकायका प्रमुखसँग, जिल्ला प्रशासन कार्यालयका प्रमुख लगायतका व्यक्तिसँग बयान लिने काम गरिसकेको छ ।

“बयान लिने काम लगभग सकियो, आयोगले तीव्ररुपमा काम गरिरहेको छ”, प्रवक्ता शर्माले भन्नुभयो, “जेनजी आन्दोलनमा प्रत्यक्ष सरोकार भएका र अन्य सम्बन्धित व्यक्तिहरुसँग भेटेर विवरण लिने काम भएको छ ।”

आयोगको कार्यदेशअनुसार तीन महिनाको अवधि सकिएपछि एक महिनाका लागि थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी सुनचाँदीको मूल्य बढ्यो गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप