२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ

२०८२, २२ पुष मंगलवार १६:३१

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

नेपाल सौर्य ऊर्जा विद्युत् सङ्घको २५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । “सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ, यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन सकिन्थ्यो,” उहाँले भन्नुभयो ।

मन्त्री घिसिङले सौर्य ऊर्जालाई अगाडि बढाउन सरकारले मापदण्ड बनाएर कार्यान्वयनमा लैजान लागेको बताउनुभयो । उहाँले देशभर रहेका सिँचाइका नहरमा सौर्य ऊर्जा उत्पादनका लागि सरकारले अध्ययन गरिरहेको उल्लेख गर्नुभयो । “सिँचाइका नहरमाथि सौर्य उत्पादन गरेर कसरी निजी क्षेत्रलाई समावेश गर्न सकिन्छ भनेर सरकार लागिरहेको छ,” उहाँले भन्नुभयो ।

उहाँले छिमेकी मुलुक भारतमा एक लाख मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन भइरहेको बताउँदै नेपालको पहाडी भूभागमा रहेका डाँडाहरुको प्रयोग गरेर नेपालमा पनि सौर्य ऊर्जा उत्पादनलाई बढाउन सकिने बताउनुभयो । भारतमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी प्रसारण लाइन निर्माण भइरहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले जलवायु परिवर्तनको असरले खोलाहरु सुक्दै जाँदा विद्युत् उत्पादनमा असर परिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपालले सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । उपाध्यक्ष श्रेष्ठले १६औँ पञ्चवर्षीय योजनालाई नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले सरकारले आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । उहाँले जलविद्युत्सँगै सौर्य ऊर्जा क्षेत्रमा पनि क्रमशः विकास हुँदै गएको उल्लेख गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालभित्र विद्युत्को पहुँच नपुगेका दुरदराजको क्षेत्रमा सौर्य ऊर्जा पु¥याउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा सङ्घले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सौर्य ऊर्जा उत्पादनलाई मर्यादित र व्यवस्थित बनाउन सङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
सङ्घको २५औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना