२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली

२०८२, २३ पुष बुधबार १७:२१

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो इमान र कर्तव्यबोधको सुरुवात नै देशभक्तिबाट हुने बताएका छन्।

बुधबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफू देश र जनताप्रति सबैभन्दा बढी बफादार रहेको बताएका हुन्।

बफादारी र इमान्दारिताका धेरै पाटा हुने भए पनि आफ्नो मूल इमान राष्ट्रप्रतिको जिम्मेवारी भएको उनले प्रष्ट पारे।

‘यो देशप्रति, यो राष्ट्रप्रति, यस देशका बासिन्दाहरूप्रति र मानव जातिप्रतिको मेरो इमान, मेरो कर्तव्यबोध सबैभन्दा प्रारम्भिक कुरा हो, यहीँबाट मेरो जवाफदेहिता सुरु हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘म कतैप्रति इमानदार छु भने मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ। जनताको भलो चिताउने, त्यसबाहेक नचिताउने कुराबाट र मानव जातिप्रतिको दायित्वबाट सुरु हुन्छ।’

अध्यक्ष ओलीले जिम्मेवारी र जवाफदेहिता भनेको केवल हिसाब-किताब बुझाउनु मात्र नभएको बताए। उनले यसलाई आमा र बच्चाको उदाहरण दिँदै प्रष्ट्याए।

‘जिम्मेवार भनेको कसैप्रति हिसाब बुझाउनुपर्ने वा जवाफ दिनुपर्ने भएर होइन, हृदयबाट र स्वभावले हुनुपर्छ,’ उनले भने, ‘आमा बच्चाप्रति जस्तो जिम्मेवार हुन्छिन्, त्यो स्नेहले गवर्न गरेको हुन्छ। त्यहाँ अकाउन्टेबिलिटीको कुरा होइन, स्नेह र कर्तव्यको कुरा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना