२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली

२३ पुष २०८२, बुधबार १७:२१

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो इमान र कर्तव्यबोधको सुरुवात नै देशभक्तिबाट हुने बताएका छन्।

बुधबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफू देश र जनताप्रति सबैभन्दा बढी बफादार रहेको बताएका हुन्।

बफादारी र इमान्दारिताका धेरै पाटा हुने भए पनि आफ्नो मूल इमान राष्ट्रप्रतिको जिम्मेवारी भएको उनले प्रष्ट पारे।

‘यो देशप्रति, यो राष्ट्रप्रति, यस देशका बासिन्दाहरूप्रति र मानव जातिप्रतिको मेरो इमान, मेरो कर्तव्यबोध सबैभन्दा प्रारम्भिक कुरा हो, यहीँबाट मेरो जवाफदेहिता सुरु हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘म कतैप्रति इमानदार छु भने मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ। जनताको भलो चिताउने, त्यसबाहेक नचिताउने कुराबाट र मानव जातिप्रतिको दायित्वबाट सुरु हुन्छ।’

अध्यक्ष ओलीले जिम्मेवारी र जवाफदेहिता भनेको केवल हिसाब-किताब बुझाउनु मात्र नभएको बताए। उनले यसलाई आमा र बच्चाको उदाहरण दिँदै प्रष्ट्याए।

‘जिम्मेवार भनेको कसैप्रति हिसाब बुझाउनुपर्ने वा जवाफ दिनुपर्ने भएर होइन, हृदयबाट र स्वभावले हुनुपर्छ,’ उनले भने, ‘आमा बच्चाप्रति जस्तो जिम्मेवार हुन्छिन्, त्यो स्नेहले गवर्न गरेको हुन्छ। त्यहाँ अकाउन्टेबिलिटीको कुरा होइन, स्नेह र कर्तव्यको कुरा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो