२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल

२०८२, २५ पुष शुक्रबार १८:०३

काठमाडौँ | आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन ५५ दिन बाँकी रहेकाले देशको सुरक्षा अवस्था संवेदनशील बनेसँगै राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धी विषयमा सरोकार भएका निकायसँग छलफल गरेको छ ।

समितिको आज बसेको बैठकमा निर्वाचनको समयमा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौती, बारुदी सुरुङको जोखिम तथा त्यसको न्यूनीकरणका उपायका विषयमा केन्द्रित रहेर छलफल गरिएको हो ।

बैठकमा समिति सभापति मायाप्रसाद शर्माले निर्वाचनलाई भयमुक्त, शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षाका दृष्टिले अपनाइएका तयारी, योजना तथा चुनौतीबारे जानकारी दिन सुरक्षा निकायका उच्च अधिकारीहरूलाई समय उपलब्ध गराउनुभएको थियो ।

उहाँले बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थको जाँच, व्यवस्थापन र नष्ट गर्ने कार्यमा हालसम्म केकस्ता उपलब्धि भएका छन् र आगामी दिनमा कस्ता योजना अघि बढाइँदैछन् भन्ने विषयमा स्पष्ट जानकारी दिन समय उपलब्ध गराउनुभएको थियो ।

सो अवसरमा नेपाली सेनाका सहायक रथी मनोज थापाले देशका विभिन्न स्थानमा फेलापरेका विस्फोटक पदार्थ तथा तिनको सुरक्षित रूपमा नष्ट गरिएको विवरण प्रस्तुत गर्नुभयो । उहाँले विगतमा राखिएका माइन तथा विस्फोटक पदार्थका कारण नागरिकमा डर र त्रास उत्पन्न हुनसक्ने अवस्था अझै पनि विद्यमान रहेको उल्लेख गर्नुभयो ।

विस्फोटक पदार्थसम्बन्धी सूचना सङ्कलन र जोखिम न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले स्थानीय तहसम्म सूचनाको पहुँच विस्तार गर्न सकेमा जोखिम कम गर्न सहज हुने धारणा राख्नुभयो ।

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक उमा चर्तुवेदीले ग्रामीण क्षेत्रमा विष्फोटक पदार्थ र माइनहरू कहिले गाईगोठमा कहिले खेतबारीमा भेटिने गरेको अनुभव सुनाउँदै त्यसले स्थानीय नागरिकमा त्रास उत्पन्न गराएको उल्लेख गर्नुभयो । नेपाल प्रहरीले विभिन्न व्यक्ति तथा सुरक्षा निकायसँगको सहकार्यमा निरन्तर सूचना सङ्कलन र निगरानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो सूचनामा आएअनुसार भेटिएका माइन तथा विस्फोटक पदार्थहरू नेपाली सेनामार्फत सुरक्षित रूपमा डिस्पोज गराउँदै आएका छौँ । हालसम्म ७५ वटा विस्फोटका घटना भएका छन्भने ती घटनामा २२ जना नागरिक घाइते भएका छन् ।”

उहाँले आमनागरिकलाई शङ्कास्पद वस्तु देखेमा नछुने र तुरुन्तै सुरक्षा निकायलाई जानकारी दिनुपर्ने चेतनाको विकास गर्नुपर्ने धारणा राख्नुभयो । साथै विस्फोटक पदार्थ राख्ने व्यक्तिले समय बित्दै जाँदा राखेको स्थान बिर्सने र त्यसका कारण अनभिज्ञ नागरिकले छुँदा दुर्घटना हुने गरेको घटनाप्रति उहाँले गम्भीर चासो व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक गणेश ठाडामगरले केही स्थानमा साना समूहद्वारा गराइएका विस्फोटका घटनाले नागरिकमा भय सृजना गरेको बताउनुभयो । कपिलवस्तुलगायत केही जिल्लाका सडक क्षेत्रमा विस्फोटका घटना देखिएका उल्लेख गर्दै उहाँले यस्ता गतिविधिलाई निरुत्साहित गर्न सशस्त्र प्रहरी सुक्ष्म निगरानी र कडा सुरक्षा रणनीतिसहित परिचालित भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आतङ्क फैलाउने उद्देश्यले गरिने यस्ता गतिविधिमा संलग्न समूहको निगरानी गर्दै आवश्यक कारबाहीका लागि हामी सतर्क रूपमा लागिपरेका छौँ ।”

बैठकमा सहभागी सदस्यहरूले निर्वाचनको समयमा हुनसक्ने सम्भावित जोखिम, बारुदी सुरुङ नियन्त्रणमा सुरक्षा निकायको भूमिका, नागरिक सचेतना तथा अन्तर–निकाय समन्वयलाई थप प्रभावकारी बनाउने उपायलगायत विषयका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना