२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने

२५ पुष २०८२, शुक्रबार १८:१८

काठमाडौँ | निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ । आयोगले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने गलत, भ्रामक र नकारात्मक क्रियाकलापको निगरानी गर्ने जनएको हो ।

सामाजिक सञ्जालमार्फत प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणाष्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक (गहिरो भ्रम) झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानीलगायत विषयमाथि अनुगमन गरी गैरकानुनी कार्यलाई कानुनबमोजिम दण्डित गरिने प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । यसका लागि नियामक निकायसँग सहकार्य गर्ने नीति लिइएको उहाँले जानकारी दिनुभयो ।

यसै हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको आयोगले जनाएको छ । यसका लागि मेटा, टिकटक र एक्स (ट्वीटर) लाई पत्राचार गरिएको छ । आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत रहेर काम गर्नेगरी सूचना सदाचार प्रवर्द्धन एकाईले कार्य प्रारम्भ गरेको आयोगले जनाएको छ । सामाजिक सञ्जाल अनुगमन सफ्टवेयरलाई प्रयोगमा ल्याइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन यो हप्ता प्रदेश सरकार र स्थानीय तहसँग समन्वय बैठक पनि सम्पन्न गरेको छ । यसैगरी आचारसंहिता अनुगमन समितिको बैठक यो हप्ता गरेर थप काम अघि बढाइएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त बन्द सूची रुजु गरी सम्बन्धित दललाई पत्राचार गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुका लागि पुस २८ र २९ गते काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम सञ्चालन हुने भएको छ । तालिमका लागि मुख्य प्रशिक्षकहरु तयार गर्न प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको आयोगले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

आयोगले न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । यसैगरी न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका राजपत्राङ्ीकत द्वितीय श्रेणीका अधिकृतलाई आजदेखि लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले पुस २८ र २९ गतेको अभिमुखीकरणमा भाग लिई माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्ने कार्यक्रम रहेको छ । यसैबीच, आयोगले नमूना मतपत्र छपाइ सम्पन्न गरेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ गरी १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको हो । मतदाता नामावली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने