२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की

२०८२, २६ पुष शनिबार १५:०९

काठमाडौँ | नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज यहाँ आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठूलो क्षति पुगेको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठूलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा समेत नागरिकको सुरक्षाका लागि सडकमा उभिइरह्यो । हामी अहिले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा छौँ ।”

महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह, २०८२ लाई केवल औपचारिक कार्यक्रमका रूपमा नभइ, नागरिक चेतना अभिवृद्धिको अभियानका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले नेपालका सवारी चालकदेखि पैदल यात्रुसम्म सबैले सभ्य, शिष्ट र जिम्मेवार नागरिकको व्यवहार देखाउँदै ट्राफिक नियमको पूर्ण पालना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“ट्राफिक प्रहरीले हात हल्लाएर सडकमा ड्युटी गर्नुपर्ने अवस्था अन्त्य होस्”, उहाँले भन्नुभयो, “सभ्य नागरिक बनौँ, ट्राफिक नियम पालना गरौँ । यही नै ट्राफिक सप्ताह, २०८२ को मूल उद्देश्य हो ।”

आइजिपी कार्कीले कानुनको प्रभावकारी कार्यान्वयनबाट कानुनी शासन स्थापना हुने, कानुनी शासनबाट सुशासन आउने र सुशासनले समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउने उल्लेख गर्नुभयो । साथै, ट्राफिक सप्ताहको सफलताका लागि आम नागरिकको सक्रिय साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले अभियानमाथि प्रकाश पार्दै जेनजी युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिको स्मरण गर्दै उक्त आगजनीका कारण ट्राफिक प्रहरीका संरचना ध्वस्त भएको, उपकरण नष्ट भएको र कार्यालयमा रहेका नागरिकका महत्वपूर्ण कागजात जलेको बताउनुभयो ।

“आम नागरिकको सहयोगमा हामी अहिले पुनर्निर्माणको चरणमा छौँ,” उहाँले भन्नुभयो, “भविष्यमा यस्ता ध्वंसात्मक गतिविधि नदोहोरिऊन् भन्ने हाम्रो कामना छ । सबै नागरिकले ट्राफिक नियमको अक्षरस पालना गर्नु हुने छ भन्ने हाम्रो विश्वास छ ।”
उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले काठमाडौँ उपत्यकामा बढ्दो सवारी चाप र दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न सबै पक्ष प्रहरी, चालक, यात्रु र सर्वसाधारण सजग र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका नगरउपप्रमुख सुनिता डङ्गोलले शिक्षित वर्गलगायत आम नागरिकबाट नै ट्राफिक नियमको उलङ्घन हुने भएकाले उक्त कुरा यही अभियानबाट अन्त गर्नुपर्ने धारणा राख्नुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी, विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्च अधिकारी, कलाकार, सञ्चारकर्मी लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । उक्त अभियान आजदेखि सुरु भई आउँदो माघ ३ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत ट्राफिक सचेतना, नियम पालना, सवारी अनुशासन, पैदल यात्री सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

राससकर्मी विष्ट सम्मानित
सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को अवसरमा आज राष्ट्रिय समाचार समिति (रासस) कर्मी विमलबहादुर विष्ट सम्मानित हुनुभएको छ ।

आज आयोजित कार्यक्रममा आइजिपी कार्कीले ट्राफिक सचेतना अभिवृद्धि, ट्राफिक प्रहरीका गतिविधि तथा सार्वजनिक हितसँग सम्बन्धित समाचार सम्प्रेषणमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै विष्टलाई प्रशङ्सा पत्रसहित विस्ट सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला