२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

२०८२, २८ पुष सोमबार १२:५६

 

काठमाडौँ | नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ ।

विशेष महाधिवेशन प्रचारप्रसार समितिले आज पत्रकार सम्मेलन गरी बन्दसत्रको कार्यक्रम केहीबेर अघि भृकुटीमण्डपस्थित हलमा सुरु भएको जानकारी दिएको हो । बन्दसत्रको अध्यक्षता काठमाडौँ क्षेत्र नं ५ का कांग्रेस नेता एवं ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८८ वर्षीय श्यामकुमार खड्काले गर्नुभएको छ ।

प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि कानुन व्यवसायी एवं महाधिवेशन प्रतिनिधि नारायणप्रसाद भट्टराईले वाचन गर्ने कार्यक्रम छ । यसैगरी कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बन्दसत्रको कार्यक्रम सञ्चालन गर्नुहुने छ ।

यस्तै, बन्दसत्रमा पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले दुई वटा छुट्टाछुट्टै प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ । महामन्त्रीद्वयले पेस गर्ने प्रस्तावमा राजनीतिक समीक्षा, पार्टीभित्रको विधि, विधान संशोधन र संरचनागत सुधार लगायतका रहेका छन् ।

महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रस्तावमाथि विभिन्न नौ समूहमा छलफल गरेर निष्कर्षमा पुगिने प्रचारप्रसार समितिका संयोजक पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना