2026-09-19 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापा-३ मा घम्साघम्सीः सिटौला कि लिङ्देन ?

असोज २५, झापा । झापा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा काँग्रेसले जनाएको छ । झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताएका छन् ।

उनले पत्रकारसँग मंगलबार कुराकानी गर्दै सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट नै प्रत्यक्षतर्फ प्रतिनिधि सभाको चुनाव लड्ने दाबी गरेका छन् । काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले रासससंग कुराकानी गर्दै गठबन्धनमा सहभागी हुन चाहनेले माग राख्नु स्वभाविक भए पनि कार्यदलको बैठकले झापाको क्षेत्र नम्बर ३ राप्रपालाई छाड्ने विषयमा निर्णय नगरेको बताए ।

काँग्रेसका उम्मेदवार छनोट गर्ने र टिकट वितरण गर्ने संसदीय बोर्ड नै गठन नभएको अवस्थामा क्षेत्र नै छाडेको भनेर चलाइएको हल्लाको भ्रममा नपर्न सिटौलाले आम मतदातालाई अपिल गरे ।

२०५० सालको उपनिर्वाचन, २०५६ को आम निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा सिटौला झापा क्षेत्र नम्बर ३ बाट लगातार तीनपटक निर्वाचित भएका थिए । लोेकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि नेपाली काँग्रेसलाई गणतान्त्रिक बाटोमा लैजान र विद्रोही माओवादीलाई १२ बुँदे सहमति गर्दै विस्तृत शान्ति प्रक्रियामा ल्याउन सिटौलाले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

राष्ट्रिय राजनीतिमा सिटौलाले निर्वाह गरेको महत्वपूर्ण भूमिका र स्थानीय विकास निर्माणमा र झापाको विकासमा सिटौलाले पु¥याएको योगदानलाई यहाँका जनताले कहिल्यै भुल्न नसक्ने ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले बताए ।

झापा काँग्रेसले सिटौलालाई जोडेर चलाइएको हल्लाको भ्रममा नपर्न आम झापाली मतदातालाई अपिल पनि गरेको छ । सिटौलालाई काँग्रेस ३ नम्बर क्षेत्र र जिल्ला समितिले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर ३ को सर्वसम्मत उम्मेदवारका रुपमा केन्द्रीय समितिमा नाम सिफारिस गरिसकेको छ ।

को हुन् लिङ्देन ? 

पञ्चायतकालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमार्फत विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएका लिङ्देन राप्रपा नेपालको केन्द्रीय सदस्य हुँदै हाल राप्रपाको महामन्त्री छन् ।

२०६१ मा राजाले सत्ता आफ्नो हातमा लिएपछि लिङ्देन जिविस झापा सभापतिमा मनोनीत भएका थिए ।

२०७० सालमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र ३ बाट तत्कालीन काँग्रेस महामन्त्री सिटौलाले १४ हजार मत ल्याई विजयी भएका थिए भने लिङ्देन नौ हजार मत ल्याएर सिटौलाका निकटतम प्रतिस्पर्धीका रुपमा एमालेलाई पछि पार्दै स्थापित भएका थिए ।

झापा जिविसको मनोनीत सभापति हुँदा र राप्रपाले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा लिङ्देनले झापाको दक्षिणी क्षेत्रको विकास निर्माणमा अधिकतम वजेट विनियोजन गराएका कारण लिङ्देन त्यस क्षेत्रमा लोकप्रिय नेता मानिन्छन् । राप्रपा महामन्त्री लिङ्देनलाई राप्रपा झापाले क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

को हुन् पुष्प ? 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) बाट राजनीति प्रारम्भ गरेका र भद्रपुर नगरपालिकाको प्रमुख हुँदै २०५१ को मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सांसदमा चुनाव जितेका पुष्प पोखरेल सो क्षेत्रका मतादाताका बीच अर्काे स्थापित नाम हो ।

प्रायजसो नेपाली काँग्रेस र नेकपा (एमाले)का बीच कडा प्रतिस्पर्धा हुँदै आएको सो क्षेत्रमा २०७० को संविधानसभाको निर्वाचनमा भने एमाले तेस्रो स्थानमा पुगेको थियो ।

पोखरेललाई नेकपा एमाले ३ नम्बर क्षेत्र र जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई