१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

१ माघ २०८२, बुधबार १३:०१

काठमाडौँ | गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताउनुभएको छ ।

सङ्घीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभयो । उहाँले भन्नुभयो,“ निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अङ्गलाई गम्भीर भएर कार्यक्षेत्रमा लाग्नु होला । ”

निर्वाचनलाई सफल बनाउन राजीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलार्ई आग्रह गर्र्दै गृहमन्त्रीले समाजमा द्वन्द्व फैलाउने गतिविधि नगर्न सम्बद्ध पक्षलाई अनुरोध गर्नुभयो । प्रचलित कानुनविपरीत गर्नेलार्इं कारबाही हुने चेतावनी पनि उहाँले दिनुभयो । सामाजिक सञ्जालको दुरुपयोगतर्फ उहाँको भनाइ लक्ष्यित थियो ।

जेनजीको चाहनाअनुसार वर्तमान सरकार गठन भएको बताउँदै उहाँले सुशासन कायम गर्नु तथा निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउनु सरकारको कार्यादेश भएको गृहमन्त्रीले स्पष्ट गर्नुभयो । उहाँले उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालन हुन र राष्ट्रले सुम्पेको अभिभारा पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन पनि दिनुभयो ।

लुटिएका हतियार फिर्ता भइरहेको तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले सीमित साधन तथा स्रोतका बाबजुद निर्वाचनलाई सफल बनाउनेतर्फ लागिपरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक