2026-08-26 09:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस सुनसरीबाट उम्मेदवारको नाम सिफारिश, को-को परे ? (नामावलीसहित)

असोज २५, इनरुवा । नेपाली काँग्रेस सुनसरीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १२ पदका लागि २४१ जना सम्भावित उम्मेदवारको नामावली केन्द्रमा सिफारिश गरेको छ । 

नेका सुनसरीको मातहतका कमिटीले अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिश गरेको हो । 

पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा र विनोद राई, क्षेत्र नं २ बाट पार्टी सभापति राजीव कोइराला, वर्तमान सांसद सीताराम मेहता, राजीव ढुंगाना, हरि सापकोटा, बद्रीनारायण चौधरी, रामबहादुर बस्नेत र प्रतिनारायण चौधरी रहेका छन् । यस्तै क्षेत्र नं ३ बाट पार्टी सभापति राजीव कोइराला, हरिप्रसाद सापकोटा, सत्यनारायण गच्छदार र कपिलकुमार भण्डारी, क्षेत्र नं ४ बाट ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर बस्नेत, जमिलअख्तर आजाद, डिल्ली कार्की र कुञ्जिलाल यादवको नाम रहेको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिनुभयो । 

त्यसैगरी प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ क्षेत्र नं १ बाट सुरेशमान श्रेष्ठ, मीना सुब्बा, हरिनाथ बास्तोला, सुजेन्द्र तामाङ, आनन्दप्रसाद आचार्य, गोविन्द सुब्बा र चन्द्रशेखर लामाको नाम सिफारिश गरेको छ । क्षेत्र नं २ बाट दिलकुमारी राई, वीरेन्द्र कार्की, ज्योति सुब्बा, मोहन मेहता, किरणकुमार पोखरेल, खुशीलाल यादव, सरिता मेहता, रेमन्तमणि नेपाल, दिनेशचन्द्र गिरी, विजया कटुवाल, तेजप्रसाद सुवेदी, अपाङ्गतर्फबाट रमेश पोखरेल र मुस्लिमका तर्फबाट फुल मियाँको नाम सिफारिश गरेको छ । 

त्यसैगरी क्षेत्र नं ३ बाट अगमलाल चौधरी, गोमा पराजुली अंसारी, हाजी मोहमद अब्दुल रैन, सहिउद्दिन मियाँ, पंछी वाइवा, रेखा कौर प्रसाईं, प्रेमप्रसाद भट्टराई र बलिम चौधरीको नाम सिफारिश गरेका छन् । 

त्यसैगरी क्षेत्र नं ४ बाट जमिल अख्तर मियाँ, वर्तमान सांसद सूर्यदेव दास उराँव उहाँको नाम अलपसङ्ख्यक, आदिवासी जनजाति कोटाबाट राखिएको हो । त्यस्तै ताहिर अंसारी, इर्फान अंसारी र रामप्रसाद यादवको नाम पनि सूचीमा समावेश गरेको छ । 

त्यसैगरी प्रदेशसभाका लागि क्षेत्र नं १ (क) बाट मदन ढकाल, उमेश थापा, मनिता घिमिरे, विकास आचार्य, सन्दीप श्रेष्ठ, अनिल अग्रवाल, सरोज थापा, बुद्धि कटुवाल, गिरीराज आचार्य र प्रदेश सभा १ (ख) बाट किशोर राई, राजदीप लामा र हिमाल राईको नाम सिफारिस गरिएको छ । 

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा (क) बाट हेमकर्ण पौडेल, बद्रीनारायण चौधरी, फुलराज सुवेदी, दिलकुमार वन र प्रदेशसभा १ (ख) बाट रामप्रसाद मेहता, केदार भण्डारी, सञ्जयप्रसाद श्रेष्ठ, सिद्धार्थ कोइराला, इन्द्रप्रसाद पोखरेल, मणिराज दुलाल, गोपाल नेपाल, दिनेशप्रसाद यादव, बुधनाराण मेहता, अशोक मेहता र दीपनारायण भगतको नाम सिफारिश गरिएको छ । 

क्षेत्र नं ३ प्रदेशसभा (क) बाट ओमकुमार थापा, भरत गौली, महेश बास्तोला, दीपेन्द्र केसी, रामरोहन चौधरी, दीपक ढकाल, शंकर थापा, शेखर चौधरी र प्रदेशसभा ३ (ख) बाट विन्देश्वर यादव, सिद्धार्थ कोइराला, सन्तोषकुमार रौनियार, मनिषकुमार राय, लीना चौधरी र सुरजदास थारूको नाम सिफारिश गरेको छ । 

क्षेत्र नं ४ प्रदेशसभा (क) बाट उपेन्द्र कटुवाल, रेवतीरमण दुलाल, अनु गुरुङ, डिल्ली कार्की, मनोज साह, नइम मन्सुरी, सुरेन्द्र गुप्ता, सुशिला खनाल पौडेल, त्रिलोचन मेहता, चनरदेव मेहता र प्रदेशसभा ४ (ख) बाट अल्लाउद्दिन हुसैन, सुनिलकुमार पोखरेल, ताहिर अंसारी, इस्राइल मन्सुरी, आमोद आचार्य, सत्यनारायण यादव, पूर्णराज यादव, सहनाज वेगमको नाम सिफारिश गरिएको पार्टीका जिल्ला सभापति राजीव कोइरालाले जानकारी दिनुभयो । 

त्यसैगरी प्रदेशसभातर्फ समानुपातिक सूचीमा प्रदेश सभा १ (क) बाट चन्द्रप्रसाद श्रेष्ठ, कृष्णकला मादेन, भीष्म काफ्ले, जयप्रकाश शर्मा, गोविन्द दर्नाल, सन्तोष विश्वकर्मा, कमल पोखरेल, सन्तोष सापकोटा, राजेन्द्र साह, चन्द्र नेपाल, निर्मला शर्मा, सचित शर्मा र प्रदेशसभा क्षेत्र नम्बर १ (ख) बाट गोविन्द बस्नेत, बुद्धि कटुवाल, हिमाल सुब्बा, उर्मिला प्रधान, जगत कार्की, चन्द्रशेखर लामा, ममता तामाङ, तिलक सुनुवार, गोविन्द सुब्बा, मोहनकुमारी कालीकोटे र रतनप्रसाद राईको नाम सिफारिश गरिएको छ । 

त्यस्तै क्षेत्र नं २ (क) बाट गीता श्रेष्ठ, केशव भट्टराई, गोपाल चौधरी, भरत चौधरी, रुपा कार्की, धर्मा गिरी, राधिका कार्की, थापा दिलमाया डागी र क्षेत्र नं २ (ख) बाट ज्योति सुब्बा, कमला खतिवडा, कुमारीविभा यादव, मोहनकुमार श्रेष्ठ, अतहर मियाँ, किशोरकुमार पाल, बलराम यादव, ईश्वर घिमिरे, सगेन चौधरी, जवाहिर महतो, सहदेव मेहता, सन्तोषकुमार भगत, जगधर यादव, रञ्जेश भट्टराई, योगेन्द्र शर्मा, जयप्रकाश मेहता, विन्देश्वर साह, कलाधर पोखरेल, हाजी खलिल मियाँ, टेकराज पोखरेल, झुपेन्द्रसिंह यादव, इन्द्रनारायण मेहता, मिथलेशकुमार कर्ण, सीताराम चौधरी, सन्तकुमार मेहता, देवनारायण माझी, वर्षा कार्की, कोपिला कार्की, शकुन्तला चौधरी, प्रियङ्का मेहता र छविलाल मोचीको नाम सिफारिश गरिएको छ । 

त्यसैगरी क्षेत्र नं ३ (क) बाट विष्णु डागी, मोहमद अजिज रैन, होमबहादुर खडका, निर्मला चौधरी, नारायण सरदार, सुबोध घिमिरे, माया डागी, रमला तामाङ, रोशन सुब्बा, अशोक केसी, शिला गजमेर, नुरमहमद मियाँ, हाजी जाकिर हुसैन, हीरालाल चौधरी क्षेत्र नं ३ (ख) बाट रामप्रसाद यादव, दीपक राई, मुसहरु यादव, राजकुमार मण्डल, तुलाराम माझी, मालती मल्लिक, पिंकी राम, सम्पतलाल चौधरी, प्रेमबहादुर गौतम, लखन कामत र रामलाल चौधरीको नाम सिफारिश गरिएको छ । 

क्षेत्र नं ४ (क) बाट पंकजकुमार महतो, बाबुराम विष्ट, ध्यानी उराँव, ममता तामाङ, नइमुद्दीन खाँ, शम्भुप्रसाद साह, बौवालाल खत्वे, जनार्दन पण्डित र क्षेत्र नं ४ (ख) बाट नन्द सिग्देल, मालतीदेवी मण्डल, मीराकुमारी मण्डल, गोमा खत्री, विन्दु बराल, हर्कमायाँ ढकाल, सिकमलाल यादव, अञ्जुदेवी मेहता, रामेश्वर खत्वे, अक्रम अली, हाजी हफज अंसारी, भिखारी मण्डल, रेणुकुमारी साह र सुनिलकुमार साहको नाम सिफारिश गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’