२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक

२ माघ २०८२, बिहीबार १५:०४

काठमाडौँ | नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।

ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले विशेष महाधिवेशनका निर्णयको बारेमा आजै निर्वाचन आयोगमा जानकारी गराउने नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । बैठकमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

गत पुस २७ गतेदेखि जारी विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको महाधिवेशनले आजै बिहान उहाँको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो ।

यसैसन्दर्भमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विधान उल्लङ्घन हुनेगरी कामकाज गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीबाट निष्काशन गरेको थियो ।

केन्द्रीय समितिको उक्त कारवाहीपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । सो विवाद बढेपछि कांग्रेसका दुवै पक्ष आधिकारिकताका लागि निर्वाचन आयोग पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा