२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन : नेता डा कोइराला

२०८२, २ माघ बिहीबार १६:४९

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताउनुभएको छ ।

नेता डा कोइरालाले आज एक विज्ञप्ति जारी गरी कांग्रेसलाई एकताबद्ध राख्ने आफ्नो प्रयास सफल हुन नसकेको र यस घटनामा संलग्न हामी सबै चुकेको बताउनुभयो । डा कोइरालाले कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्ने सोचका साथ इमानदार प्रयास गरे पनि विभाजनबाट पार्टीलाई जोगाउन नसकेकामा दुःख व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा आफ्नोसामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी रहेको बताउनुभयो । नेता डा कोइरालाले अहिलेको विषम परिस्थितिमा पार्टीभित्र एकताको खाँचो रहेको उल्लेख गर्दै सुदृढ कांग्रेसका पक्षमा एक हुन अनुरोध गर्नुभयो ।

नेता डा कोइरालाले पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने भन्दै सबैलाई आफ्नो घरमा फर्कन विज्ञप्तिमार्फत आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम