काठमाडौँ | युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचार क्रममा जनकपुरमा छन् । गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन् ।
‘मैले राजीनामा दिइसकेँ,’ जनकपुरमा रहेका गुप्ताले भने । उनी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह लगायतसँग जनकपुरमा छन् ।