६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?

६ माघ २०८२, सोमबार १३:४५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गएरातिदेखि टिकट वितरण गरिरहेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवार टुंगो लागेका निर्वाचन क्षेत्रको टिकट वितरण भइरहेको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तापलट भएपछि देशभर भोलि (माघ ६ गते) मनोनयन दर्ता हुँदै छ ।

रास्वपाले यसअघि २०७९ मा निर्वाचन जितेका निर्वाचन क्षेत्रमा अधिकांश पुरानै अनुहार दोहोर्‍याएका छन् । रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट चुनाव लड्ने छन् ।

वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा–५ बाट चुनाव लड्नका लागि टिकट लिएर गइसकेका छन् । २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा विजयी बनेका शिशिर खनाल काठमाडौँ–६, गणेश पराजुली काठमाडौँ–७, काठमाडौँ–८मा विराजभक्त श्रेष्ठ, डीपी अर्याल (डोलप्रसाद) काठमाडौँ–९, डा. तोसिमा कार्कीले ललितपुर–३ बाट चुनाव लड्ने गरी टिकट पाएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर–२ मा निर्वाचित बनेकी सोविता गौतमले यसपटक चितवन–३ रोजेकी छन् । उनको प्रतिस्पर्धा चितवन भरतपुरकी निवर्तमान मेयर रेनु दाहालसँग हुनेछ । चितवन–१ मा हरि ढकालले टिकट पाएका छन् । यसअघिको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ओखलढुंगाबाट चुनाव लड्नका लागि विश्वराज पोखरेलले टिकट पाएका छन् । झापा–१ निशा डाँगी, झापा–२ इन्दिरा रानामगर, झापा–३ प्रकाश पाठक, झापा–४ मा शम्भु (सुस्केरा) चुनावी मैदानमा होमिँदैछन् । तनहुँ–१ मा स्वर्णिम वाग्ले चुनाव लड्नेछन् । तनहुँ–२ मा श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठले टिकट पाएका छन् । धनुषा–३ बाट मनिष झा प्रतिस्पर्धा गर्नेछन् ।

ताप्लेजुङबाट वीरेन्द्र श्रेष्ठ, उदयपुर–२ बाट सूर्यबहादुर तामाङ, लमजुङमा धर्मबहादुर केसी, गोरखा–१ मा सुदन गुरूङ, गोरखा–२ कवीन्द्र बुर्लाकोटी, नवलपुर–१ राजन गौतम उमेदवार बन्नेछन् ।

कञ्चनपुर–१ मा जनकसिंह धामी, कञ्चनपुर–२ दीपक बोहरा, कञ्चनपुर–३ ज्ञानेन्द्र महताराले टिकट पाएका छन् । अछाम–२ मा भुपदेव शाह, कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–३ मा लक्ष्मण थारू, कैलाली–४ मा हरि रेग्मी, कैलाली–५ मा आनन्द चन्द, बाँके–३ मा खगेन्द्र सुनार, दाङ–२ मा विपीन आचार्यले टिकट पाएका छन् ।

रुपन्देही–३ मा डा. लेखजंग थापा, कास्की–२ मा उत्तम पौडेल, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, बाजुरा हेमराज थापाले प्रतिस्पर्धा गर्नेछन् ।

नुवाकोट–१ मा डा.विक्रम तिमिल्सिना, नुवाकोट–२ मा डा. अच्युतम लामिछाने रास्वपाको उमेदवार बन्नेछन् । दाङ क्षेत्र नम्बर–३ मा कमल सुवेदी, लमजुङमा धर्म केसी, नवलपुर–१ मा राजन गौतमले टिकट पाएका छन् ।

जुम्लामा विनिता कठायत, कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता, दोलखामा जगदीश खरेल, मोरङ –१ मा अधिवक्ता यज्ञमणि न्यौपाने, मोरङ–३ मा गणेश कार्कीले टिकट पाएका छन् ।

बागलुङ–२ मा जेनजी युवा सोम शर्मा र रामेछापमा डा. कृष्णहरि बुढाथोकी उमेदवार छन् । भक्तपुर–२ मा पत्रकार राजिव खत्रिले टिकट पाएका छन् ।

बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिइसकेका छन् । उनी पनि सिरहाबाट चुनाव लड्न रास्वपाका आकांक्षी हुन् । डलेलधुराबाट सागर ढकाल पनि आकांक्षी छन् । तर, डडेलधुराको टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै