६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की

६ माघ २०८२, सोमबार १६:३२

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सन नहुने धारणा राखेकी छन् ।

सोमबार काठमाडौँको टुँडिखेलमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाद्वारा सोनाम लोछारको अवसरमा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आफूले कष्ट सहेर पनि समाजको भलाईका लागि योगदान गर्ने नेपाली समाजको आधारभूत मुल्य राजनीतिक व्यवहारमा पनि लागू गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्,‘आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्य नबिर्सने व्यक्तिगत स्वार्थभन्दा वृहत्तर हितलाई प्राथमिकता दिने संस्कार हाम्रो सामाजिक जीवनको अभिन्न अंग हो । आफूले केही कष्ट सहेर पनि समाजको भलाई का लागि योगदान गर्ने हाम्रो नेपालको समाजको आधारभुत मुल्य हो । यो मुल्य र संस्कृति हाम्रो राजनीतिक व्यवहारमा पनि वरण गर्न सक्नुपर्छ ।’

त्यस्तै उनले रौथाने ज्ञान ,सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको धारणा राखिन् । ‘रैथाने ज्ञान सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ । सोनाम ल्होसार नेपालमा मात्र होइन विश्वमा पनि बसोवास गर्ने यस जातिले मनाउँछन् ,त्यसले गर्दा हाम्रो सांस्कृतिक पहिचानलाई विश्वमा पुर्याएको छ ।’

प्रधानमन्त्री कार्कीले नेपालको भाषा र संस्कृतिको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या