काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
आइतबार निर्वाचन आयोगले प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो । नेपाली कांग्रेको विशेष महाधिवेशनका सन्दर्भमा उनले आयोगलाई जोडेर भ्रामक सूचना फैलाएको आरोप छ ।