काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलका नेताविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी एवम् ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि उनलाई मंगलबार आफन्तको जिम्मामा छाडिएको हो ।