१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै

१० माघ २०८२, शुक्रबार १३:३६

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपामा पुगेर बैठक राख्दैछन् । आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई अगाडि बढाएर जाने निर्णय गर्न सक्ने महामन्त्री प्रदीप पौडेलको संकेत छ।

पौडेलका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनपछि थापालाई प्रधानमन्त्री बनाउने कुरामा कांग्रेसमा दुई मत छैन।

‘सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दैछौँ महत्वपूर्ण निर्णय त गरिहाल्छौँ’, महामन्त्री भने, ‘महत्वपूर्ण निर्णय हुनसक्छ निर्वाचनपछि हामी कसको नेतृत्वमा सरकार गठन गर्छौं त्यसलाई हामी क्लियर पार्न चाहन्छौं।’

काठमाडौँ क्षेत्र नम्बर ४ छोडेर सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दैछन्। उनलाई त्यहाँबाट पूर्व काङ्ग्रेस नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका डा अमरेशकुमार सिंहले टक्कर दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ