२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा

२०८२, १० माघ शुक्रबार १६:५४

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको कुर्सीमा बस्न सजिलो भए पनि जिम्मेवारी बहन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । विशेष महाधिवेशन आफ्नो बारेमा सोचेर मात्रै नभएर नागरिकको सम्मान गरेर गरेको उनले बताए ।

उनले आफूले जिम्मेवारी लिएको केही दिनपछि नै निर्वाचनमा उम्मेदवारी चयन गर्नुपरेको बताए । उनले भने, ‘निर्वाचन आयोगमा वैधानिकताको परीक्षणलगायतका कारणले हामीसँग २४ घण्टाभन्दा पनि कम समय रह्यो, अब अर्को पटक यसरी उम्मेदवार यसरी चयन हुँदैन ।’माघ ४ गते उम्मेदवारी चयन र ६ गते दर्ता गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेकाले फरक ढंगले उम्मेदवारी चयन गर्ने योजना कार्यान्वयन गर्न नसकिएको उनले प्रस्ट्याए ।

सभापति थापाले उम्मेदवारी चयनमा केही त्रुटि र कमजोरी भएको स्वीकार्दै आफ्नो अप्ठ्यारो बुझिदिन पनि आग्रह गरेका छन् । ‘केन्द्रीय कार्यसमितिले एक मतबाट मलाई प्रधानमन्त्रीको रूपमा चयन गर्नुभएको छ, उपसभापति विश्वप्रकाश शर्माले बताइसक्नुभएको छ,’ थापाले भने,‘ नागरिकमा सुशासनको ठूलो भोक छ, भ्रष्टाचारको दलदलबाट नेपाल निस्कनुपर्‍यो भन्ने ठूलो छटपटी छ, युवाहरूमा नेपालभित्र अवसर पाइयोस् भन्ने ठूलो आशा छ ।’

उनले देश र राज्य ठीक ढंगले नचलेको भन्दै आम नागरिकमा ठूलो आक्रोश रहेको बताए । उनले कांग्रेस आफैं नभएर आफूहरूले बदलेको बताए । ‘यो कांग्रेस आफैं बदलिएको होइन, हामीले कांग्रेस बदलियौं, यो बदलिएको कांग्रेसले देशलाई बदल्छ भन्ने संकल्पका साथ नेपाली कांग्रेस निर्वाचनमा होमिएको छ,’ थापाले भने, ‘१० लाख बढी क्रियाशील सदस्यहरूलाई भन्छु, कांग्रेस निर्वाचनमा होमिएको छ, पार्टी भित्र पनि भिन्न-भिन्न मत छन्, तर निर्वाचनपछि फेरि खुला हृदयले छलफल गरौंला ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना