१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

१७ माघ २०८२, शुक्रबार १६:१३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचनपछि आफूहरूको पार्टी पहिलो बन्न सक्ने सम्भावना रहेको बताएका छन् । शुक्रबार रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

स्वच्छ,निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका हुन् । संयोजक प्रचण्डले देश आफूहरूले भनेतिरै गइरहेको र निर्वाचनको माहोलमा देश गइसकेको भएपनि एकथरी मानिस अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेको र अर्को थरीले निर्वाचनलाई क्याप्चर नै गर्न खोजिरहेको पनि बताए ।

‘मैले के देखेको छु भने नेपाली कम्युनिष्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ, किनभने नयाँ भन्नेको हावा चलेकै छ’, प्रचण्डले भने, ‘तर प्रत्यक्षमा हामी अगाडी हुन्छौँ । प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहेनत गर्‍यौँ भने एक नम्बर पार्टी नेकपा बन्ने सम्भावना छ ।’

उनले नेकपा एक नम्बर पार्टी हुन सके आउने ५ वर्षमा देशलाई समृद्धिको सपनातिर डोर्‍याउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ