१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा

१८ माघ २०८२, शनिबार ११:४३

काठमाडौँ | नेपाली कांग्रेस सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि १५औँ महाधिवेशन गर्ने बताएका छन्। महाधिवेशनमा वडाबाटै ‘प्राइमरी इलेक्सन’मार्फत् उम्मेदवार चयन हुने व्यवस्था लागू गरिने जानकारी दिए। काँग्रेसमा अब कुनै आकांक्षीलाई सभापति वा महामन्त्रीको घर धाएर टिकट माग्न नपर्ने थापाले बताए ।

उनको नेतृत्वमा पार्टीभित्रको गुटबन्दी र ६०–४० को भागबण्डा प्रणाली समाप्त भएको छ । अब सदस्य र नेताहरू सबैलाई समान व्यवहारमा राख्ने नीति लागू हुनेछ । थापाले पार्टीभित्र अनुशासन, पारदर्शिता र सदस्य सशक्तिकरणमा जोड दिएको छ । विश्लेषकका अनुसार, गगन थापाको नेतृत्वले कांग्रेसको आन्तरिक निर्णय प्रक्रिया लोकतान्त्रिक र पारदर्शी बनाउने लक्ष्य राखेको छ। प्राइमरी प्रणाली र महाधिवेशनमार्फत् उम्मेदवार चयनले स्थानीय तह निर्वाचनमा पार्टीको प्रतिष्पर्धात्मक क्षमता बढाउने अपेक्षा गरिएको छ ।

थापाले सभापतिको अध्याँरो कोठासँग सम्बन्धित विवादजन्य अभ्यास समाप्त भएको र पार्टीभित्र सबै सदस्यसँग समान व्यवहार हुने पनि पुष्टि गरे। उनको नेतृत्वमा कांग्रेसले पारदर्शिता, अनुशासन र सदस्य सशक्तिकरणमा नयाँ पहल थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन