२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने

२०८२, २९ माघ बुधबार १३:१२

काठमाडौँ | उपभोक्ताले नेपाल आयल निगमको काठमाडौँको टेकुस्थित कार्यालयबाट खाना पकाउने (एलपी) ग्यास खरिद गर्न पाउने भएका छन्। खाना पकाउने ग्यासको सहजीकरणका लागि निगमले टेकु कार्यालय परिसरमै ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको हो।

निगमले सम्बन्धित ग्यास उद्योगहरूसँग समन्वय गरेर टेकु परिसरमा नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका छुट्टाछुट्टै काउन्टर राखेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए। ‘नेपाल ग्यासको काउन्टर सुरू भइसकेको छ। केही समयमै एभरेष्ट र सुगम ग्यासको पनि काउन्टर सुरू हुन्छ,’ उनले भने।

उनका अनुसार उपभोक्ताबाट यी ब्रान्डका ग्यास सहज रूपमा उपलब्ध नभएको भन्ने गुनासो आएकाले थप काउन्टर राखेर बिक्री सुरू गरिएको हो। विशेषगरी ग्यास अभाव वा बजारमा असहजता देखिँदा उपभोक्तालाई प्रत्यक्ष सेवा दिने उद्देश्यले यो व्यवस्था गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना