२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए

२०८२, १ फाल्गुन शुक्रबार १७:३९

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताएका छन्। जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्वमा आयोजित जनभेटघाट तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू अझै क्रान्ति प्रक्रियामै रहेको बताए।

उनले भने, ‘केवल क्रान्तिको स्वरूप फेरिएको छ। अब हामीले सफल पार्नु छ उत्पादनको र आर्थिक क्रान्ति। युद्ध जारी छ तर अब युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुनेछ। उत्पादन वृद्धि गरेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यको लागि हुनेछ। भ्रष्टाचारका विरुद्ध हुनेछ, पारदर्शिताको लागि हुनेछ। म त्यो नयाँ युद्ध र त्यो उत्पादन र समृद्धिको नयाँ क्रान्तिको झन्डा बोक्न फेरि एकचोटि तपाईँहरूको बीचमा रुकुम पूर्वमा आइपुगेको छु।’

रुकुमले हिजो देशलाई राजनीतिक क्रान्तिको बाटो देखाएको बताए। उनले भने, ‘रुकुम रोल्पाको नेतृत्वमा यो देशमा जो क्रान्ति भयो, त्यसको इतिहास कसैले बङ्ग्याएर बाङ्गिने वाला छैन। यो क्रान्तिको सर्वोच्च कमान्डरका रूपमा म तपाईँहरूप्रति सबभन्दा बढी आभारी छु। अन्तिम पटक या यस पटक रुकुमबाटै चुनाव लडेर म रुकुमप्रति आफ्नो आभार व्यक्त गर्न चाहेको छु र तपाईँहरुसँगको ऋण तिर्न चाहेको छु।’

जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सेवा पुग्ने गरी पक्की सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले थपे, ‘थोरै विद्यार्थी र धेरै विद्यालय भन्दा ’हब स्कुल’ को अवधारणा अनुसार आवासीय सुविधा तथा दक्ष शिक्षकसहितका विद्यालय स्थापना गरी हिमाली भेगको शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता गर्छु। रुकुमको फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्छु।’

मगर जातिको पहिचान र स्वायत्तताको विषयमा संविधानको मर्म र भावना अनुसार मगर क्लष्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी सभ्यताको विश्वव्यापी ब्राण्डिङ गर्न पहल गर्ने बताए। चुनवाङ बैठक स्थल छापामार पदमार्ग तथा जनयुद्धका स्मृतिहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यको रूपमा विकास गरी विश्वभरिका अध्येता र पर्यटकलाई आकर्षित गरिने समेत बताए। उनले भने, ‘लुम्बिनी प्रदेश सरकारद्वारा घोषित अर्ग्यानिक जिल्ला सम्बन्धी आवश्यक कानुन, नीति, नियम निर्माण गरिनेछ र प्रमाणीकरण तथा बजार सुनिश्चित गरी यहाँका उत्पादनलाई प्रिमियम ब्रान्डका रूपमा सहरका डिपार्टमेन्टल स्टोरसम्म पुर्‍याइने छ। देशकै गुणस्तरीय टिमुरलाई ब्राण्डिङ र स्याउ, सुन्तला, कागती लगायतका फलफूल र अर्ग्यानिक तरकारी र अन्य बालीहरूको बजारीकरण गरिनेछ।’

उनले हिजो बन्दुक बोकेर व्यवस्था फेर्न लडेको भए पनि अब विकासका औजार बोकेर अवस्था फेर्न रुकुमको माटोमा उभिएको बताए। उनले जनयुद्धका उपलब्धि रक्षा गर्ने पक्षमा कि इतिहासको रथ उल्ट्याउन खोज्ने प्रतिक्रियावादी र प्रतिगामीहरूका पक्षमा? भन्ने यो चुनाव हुन लागेको बताए। उनले थपे, ‘यो निर्वाचनमा परिवर्तनका पक्षमा नेपाली कम्युनिस्ट पार्टीलाई पूर्ण बहुमत दिन अपिल गर्न चाहन्छु। हामीले बहुमत पाउँदा र पाँच वर्ष सरकार चलाउने अधिकार पाउँदा हामीले यो देशलाई साँच्चै नै समाजवादको आधार निर्माण गर्ने, यो देशका सबै मजदुर किसान देखि उत्पीडित वर्ग समुदायको हक अधिकार सुनिश्चित गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना