२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने

२०८२, २ फाल्गुन शनिबार १६:४५

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लागि आफ्नो चुनावी संकल्पपत्र सार्वजनिक गरेकाे छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाल बन्द सधैँका लागि बन्द गर्ने संकल्प गरे।

संकल्पपत्रमा भनिएको छ, “नेपाल बन्दको संस्कृतिले देशको आर्थिक विकासका साथै सामाजिक जनजीवनमा अत्यन्तै नकारात्मक प्रभाव पारेको छ। यस तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गर्दछ।”

सो अवसरमा बोल्दै अध्यक्ष लिङ्देनले लोकतन्त्रको नाममा कायम रहेको लुटतन्त्र र निषेधको राजनीतिको विपक्षमा सदन र सडकमा सशक्त ढङ्गले प्रस्तुत गर्ने बताए। उनले जेनजी विद्रोह राप्रपाले लामो समयदेखि शान्तिपूर्ण र शालीन ढङ्गबाट उठाउँदै आइरहेको आमूल परिवर्तनको आवाजलाई ठूला राजनीतिक दलहरूले गरेको नजरअन्दाजको प्रतिफल भएको दाबी गरे ।

“ठूला ठानिएका राजनीतिक दलहरूको अकर्मण्यता र असफलता, चरम भ्रष्टाचार र कुशासनका साथै विद्यमान शासकीय प्रणालीमा आमूल परिवर्तनको लागि गत भदौ २३ र २४ गते नवयुवाहरू जेनजी विद्रोहमा निस्कनु परेको र उक्त विद्रोहबाट मुलुकले जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको यथार्थता हाम्रासामु छर्लङ्ग छ।” संकल्पपत्रमा भनिएको छ, ” उक्त विद्रोह राप्रपाले विगत लामो समयदेखि शान्तिपूर्ण र शालीन ढङ्गबाट उठाइ आइरहेको आमूल परिवर्तनको आवाजलाई ठूला ठानिएका राजनीतिक दलहरूले गरेको नजरअन्दाजको प्रतिफल हो भन्ने राप्रपाको ठम्याइ रहेको छ।”

विद्रोहमा मुखरित नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरूप दिन र विद्रोहका भावनालाई संस्थागत गर्नुको सट्टा देशी, विदेशी शक्ति केन्द्रको प्रत्यक्ष, अप्रत्यक्ष प्रभावमा मुलुकलाई गलत बाटोतर्फ डोर्याउने काम भइरहेको संकल्पपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना